झापा।
छ करोड रुपैयाँको लागतमा वालुवाडी–६ मा इँटा उद्योग सञ्चालनमा आएको छ ।
झापा चारपानेका युवा व्यवसायी योगेन्द्र निरौलासहित तीन जना युवाले वालुवाडीमा चण्डी इँटा उद्योग सञ्चालनमा ल्याउनुभएको हो । एक समारोहकाबीच विधिपूर्वक अग्नि पूजा गरेर फायरिङको काम गर्दै उद्योगको उद्घाटन गरिएको थियो ।
पण्डीत डिल्लीराम भण्डारीले पूजा गर्दै फायरिङ गरेपछि इँटा उद्योगले औपचारिक रुपमा इँटा उत्पादन गर्न सुरु गरेको छ ।
काठमाडौंमा चण्डी कन्ट्रक्सन सञ्चालन गरेर सफता पाएपछि आफ्नै ठाउँमा इँटा उद्योग सञ्चालनमा ल्याएको सञ्चालक निरौलाले बताउनुभएको छ ।
माटो राम्रो, कुसल कालिगढ भएकाले उद्योगले क्वालिटी युक्त इँटा उत्पादन गर्ने उहाँको दावी छ । उद्योगमा हाल दुईसय जनाले रोजगार पाएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 231