Aamsanchar

नेपाले एसिया कप छनोट खेल्न पाउने

Author Image
बुधवार, पौष १३, २०७३

काठमाडौं।
nepali-football-team-582affdf8ef4c6-582b0c32233817.31162693

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले एएफसी एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने भएको छ ।

छनोट चरण खेल्ने अवसर पाएको ग्वामले नाम फिर्ता लिएपछि नेपालले उक्त अवसर पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार जनाएको छ ।

मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेर विश्वको ध्यान खिच्न सफल नेपालले ग्वामको ठाउँमा खेल्ने अवसर पाएको हो ।

२४ टिमलाई ६ समूहमा विभाजन गरी खेलाइने छनोट चरणमा समूहका शीर्ष दुई टिम एसिया कपको मुख्य स्पर्धामा छानिनेछन् ।

छनोट चरणको समूह ‘ड्र’ आगामी जनवरी २३ तारिखमा हुने जनाइएको छ । आगामी एसिया कप सन् २०१९ मा युएईमा हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर