काठमाडौं।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पत्नी आरजु राणा देउवालाई एमाले अध्यक्ष केपी ओलीले रात्रिभोज दिएर परामर्श गरेका छन् ।
गत सोमबार ओलीको बालकोटस्थिति निवासमा दिइएको भोजसहितको संवाद राजनीतिक दृष्टिले अर्थपूर्ण रहेको छ । प्रधानमन्त्री प्रचण्डलाई हरतरहले असफल प्रमाणित गर्न सक्रिय ओली र प्रचण्डपछि प्रधानमन्त्री बन्ने प्रतीक्षामा रहेका सभापति देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण मान्नुपर्ने विभिन्न कारण रहेको विश्लेषकहरूको भनाइ छ । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
रात्रिभोजका अवसरमा संविधान संशोधनका विषयमा छलफल हुन दिनु उचित हुने विचार सभापति देउवाले प्रकट गर्दा अध्यक्ष ओलीले संशोधन प्रस्ताव वास्तावमै राष्ट्रघाती र असंवैधानिक भएकोले फिर्ता लिुनको विकल्प नरहेको धारणा दोहोराएका थिए ।
जुन विषयमा छलफल गर्नुको कुनै अर्थ छैन त्यस विषयमा बहस गर्नु व्यर्थ हुन्छ भन्ने जवाफ ओलीले दिएपछि देउवाले मधेसी मोर्चालाई कसरी मनाउने त भनी जिज्ञासा प्रकट गरेका थिए ।
चुनवाको मिति घोषणा गरौँ त्यसपछि सबै ठीक हुँदै जान्छ भन्ने ज वाफ ओलीले दिएको र त्यसमा देउवाले सहमति जनाएको स्रोतले जनाएको छ । रात्रिभोजमा प्रचण्ड नेतृत्वलाई विस्थापित गर्नुपर्ने धारणा ओलीले प्रकट गरेका थिए ।दैनिक नेपाल