Aamsanchar

विद्युत चोरिमा सम्लग्न १४ जना पक्राउ

Author Image
बुधवार, पौष १३, २०७३

झापा । नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रले विद्युत चोरीमा सम्लग्न १४ जनालाई आज विहान पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा प्राधिकरणले कनकाई नगरपालिकाको सुरुङ्गा र भुरुङ्गा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका केन्द्र प्रमुख राजीवकुमार सिंहले जानकारी दिनुभयो ।
गोप्य सूचनाको आधारमा विहानै प्राधिकरणको चुहावट नियन्त्रण टोलीले उनीहरुलाई पक्राउ गरेको र पक्राउ परेका सवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
उनीहरुले मेनलाइनबाट तार टाङ्ग्ने, मिटरवक्सको लक खोलेर विद्युत वाईपास गर्ने, विद्युत चोरी गरी मोटरचलाउने जस्ता कार्य गरेको पाइएपछि पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका सबैलाई विद्युत चुहावट नियन्त्रण ऐन २०४९ अनुसार कारवाही गरिने केन्द्रप्रमुख सिंहले बताउनुभयो ।

यस अघि पनि प्राधिकरणको टोलीले ३६ जनालाई पक्राउ गरी कारवाही अघि बढाएको थियो ।

उता हल्दिवारी र जलथल गाविसबाट पनि मंगलवार २१ जना विद्युत चोरीमा सम्लग्नलाई नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)