Aamsanchar

अब झापामा विद्युत भोल्टेज कम नहुने

Author Image
बुधवार, पौष १३, २०७३

bijuli झापा। अब झापावासीले विद्युत भोल्टेज कम हुने समस्याबाट मुक्ति पाउने भएका छन् ।
हिउँद लागेसंगै पानीको सतह घटेपछि विद्युतको भोल्टेज कम भएर आजीत भएका झापावासीका लागि नेपाल सरकार उर्जा मन्त्रालय अन्र्तगत नेपाल विद्युत प्र्राधिकरणले फेज थप, हाइटेन्सन, भोल्टेज सुधार र नयाँ ट्रान्सर्फमर जडानका लागि थपयोजना सञ्चालन गर्ने भएसंगै झापावासीले यो समस्याबाट मुक्ति पाउने भएका हुन् ।
जसका लागि विकास प्रेमी नेता सीपी कडरियाको पहलमा नेपाल विद्युत प्राधिकरण मार्फत एक करोड भन्दा बढी रुपैयाँ विनियोजन गर्ने तयारी भइरहेको छ । प्राधिकरणले यही महिना भित्र सम्पूर्ण प्रक्रिया पु¥याएर काम अघि बढाउने तयारी गरिरहेको कडरियाले बताउनुभयो ।
कार्यक्रम सञ्चालन भएपछि टाघनडुब्बाको रङपुर, राजगढ, गोलधाप,गरामनीको खालवारी र कटरडाँगी, गरामनी–६ को मेथीवारी, जलथल, वुधवारेको दलितवस्ती, धाइजनको मेचे वस्ती , स्थानीय वासिन्दा बढी लाभान्वित हुने भएका छन् । सरकारले कार्यक्रम सञ्चालनका लागि वजेट विनियोजन गरेसंगै साविक भइरहेको फेजलाई फेज थप गर्ने, हाइटेन्सन विस्तार गर्ने, भोल्टेज सुधार्ने, र नयाँ वढी क्षमताका ट्रान्सर्फमर जडान गरेपछि विद्युतभार कम भएर भोल्टेज कमहुने समस्याको निराकरण हुने बताइएको छ ।
त्यस्तै यो कार्यक्रमसंगै झापामा थप तीसवटा ट्रान्सर्फमर भित्र्याउन लागिएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेतरहनुभएका कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रमका लागि पनि वजेट विनियोजनको तयारी भइरहेको र भोल्टेज सुधार कार्यक्रमसंगै थप नयाँ ट्रान्सर्फमर भित्र्याइदैछ ।
यसअघि कडरियाकै पहलमा ९ वटा नयाँ ट्रान्सर्पमर खरिद गरी झापाका विभिन्न स्थानमा जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रको समन्वयमा ल्याइएको ९ वटा ट्रान्सर्फमर जडान भइसकेको छ ।
५० लाख वढी रुपैयाँको रुपैयाँ लागतमा ल्याइएको ९ वटा ट्रान्सर्फमर मध्ये झापाका तीन वटा निर्वाचन क्षेत्रमा वितरण गरिएको छ । कडरियाका अनुसार क्षेत्र नम्वर २, ४ र ५ मा ति ट्रान्सर्फमर जडान भएको हो । जसमा गरामनी–९ को एकता टोल र लक्ष्मीनारायण टोलमा ५०/५० केभीएका ट्रान्सर्फमर जडान गरिएको छ । त्यस्तै गरामनी–६ डाँडागाउँमा १०० केभीए, गरामनी वजार छेउमा पनि १०० केभीए र विर्तामोड –७ आनन्द गजमा १०० केभीएको ट्रान्सर्फमर जडान भएको छ । यसैगरी गोलधाप–२ डाँडागाउँको केशुआमा तथा चकचकी–२ चकचकी वजारमा ५०÷५० केभीएका ट्रान्सर्फमर जडान भएका छन् ।
यसैगरी गरामनी–७ कटरडाँगी र गरामनी–९ डाडाँगाउमा हाइटेन्सनको काम सकिएको कडरियाले बताउनुभयो ।

Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर