Aamsanchar

नयाँ शक्तिले निकाल्यो जुक्ति !

Author Image
बुधवार, पौष १३, २०७३

काठमाडौं ।
1482916270baburam-bhattarai-final-final-final

नयाँ शक्ति नेपालले संसद–सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिएर दलीय सहमतिका आधारमा पुनः अर्को संशोधन प्रस्ताव दर्ता गराए मुलुकको राजनीतिले सही बाटो लिने ठहर गरेको छ ।

नयाँ शक्तिको संसदीय मामिला विभागले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन विधेयकलाई परिमार्जनसहित पेस गर्न आग्रह गरे ।

संविधान संशोधन नगरी जबर्जस्ती चुनाव गराउन खोजिए जनभावनाविपरीत हुने उनको भनाइ छ ।

संयोजक भट्टराईले विगतमा राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनलाई आधार मान्दै सबैको भावनाअनुसार नै संघीय राज्यको सीमांकन टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, अर्थशास्त्री, व्यवसायी, बुद्धिजीवी, सन्चारकर्मीलगायतले राजनीतिक गतिरोध र यसको निकासको विषयमा आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर