नयाँ दिल्ली । जनताको विवेकमा सन् २०१६ डरलाग्दो वर्ष रह्यो । धेरै मुलुकमा डरलाग्दा आतङ्कवादी आक्रमण भए । सिरियाली सङ्कटले लाखौँको ज्यान लियो । टर्कीले आत्मघाती बम आक्रमण तथा असफल सैनिक विद्रोह बेहो¥यो । सत्तरी भन्दा बढी मुलुकले स्वतन्त्रता घटेको अनुभव गरे । राजनीतिक धक्कामा बेलायत युरोपेली युनियनबाट बाहिरिने तथा अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा विजय हासिल गर्ने कुरा पनि समावेश भए । यी दुबै कुरा आमसञ्चार तथा राजनीतिक उच्च बर्गले सोचेकासम्म थिएनन् । जिकालाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्यमा आपतको रूपमा घोषणा गरियो । यो वर्ष हालसम्मकै सबैभन्दा गरम भनि मापन गरिएको वर्ष हुने देखिन्छ ।अभिमतका पाना पढ्दा यो विश्वले त्यस प्रकारको रोगको सामाना गरिरहेको अनुभव हुन्छ जसले कुनै एक घटनाभन्दा बाहिर गई जनता बढ्दो रूपमा र खतरनाक रूपमा विभाजित भएको देखाउँछ । एक पाइला पछि हट्दा आशावादी हुनुका धेरै कारण रहेका पनि स्पष्ट हुन्छ । वास्तवमै हामी धेरै तरिकाले इतिहासको उत्कृष्ट समयमा बाँचिरहेका छौँ । त्यो भन्दा पनि हामी सबैभन्दा डराएको कुरा भनेको त्यस्ता कुरा होइनन् जसका लागि हामी रातभर जागा रहनपरोस् र यसका लागि २४ घण्टे समाचार तथा सामाजिक सञ्चार जिम्मेवार छन् ।
यस वर्ष सबैभन्दा बढी सम्बोधन गरिएको विषय भनेको बढ्दो असमानता हो र त्यसैमा विचार गरौँ । गत दुई दशक वा सोभन्दा बढी अवधिमा सबैभन्दा धेरै र सबैभन्दा कम आम्दानीबीच अन्तर बढेको निश्चय हो । सन् १८२० मा प्रायः जनता निकै गरिब थिए र यसको कारण त्यही थियो । नब्बे प्रतिशत भन्दा बढी मानव निरपेक्ष गरिबीमा बाँच्थे ।
त्यसपछि औद्योगिक क्रान्ति आइपुग्यो र जहाँ त्यो विस्तार भयो त्यहाँ आय छिटो वृद्धि भयो । सन् १९७८ पछि चीनले र सन् १९९० पछि भारतले विशेष गरि उच्च दर प्राप्त गरे । यसको नतिजाको रूपमा गत वर्ष विश्वको जनसङ्ख्याको १० प्रतिशत भन्दा कम व्यक्ति निरपेक्ष गरिबीमा बाँचिरहेका थिए ।
यो भन्दा पनि विकासशील अर्थतन्त्र मध्यमस्तरलाई विस्तार गर्न सहयोग गरिरहेका छन् र उनीहरूको सङ्ख्या सन् १९८५ मा एक अर्बबाट सन् २०१५ मा दुई अर्ब ३० करोड पुगेको छ । गरिबीमा निकै कमी हुँदा गत तीन दशकमा विश्वव्यापी आय असमानता घट्नमा सघाएको छ ।
अन्य मापनमा पनि असमानता घटेको देखिन्छ । सन् १९९२ पछि मानवको जनसङ्ख्या करिब दुई अर्ब बढे पनि विश्वव्यापी रूपमा भोका व्यक्तिहरूको सङ्ख्या २० करोड भन्दा घटेको छ । भोकमरीमा परेका जनताको सङ्ख्या १९ प्रतिशतबाट ११ प्रतिशतमा झरेको छ वा करिब आधा भएको छ ।
सन् १९७० मा विश्वका तीन चौथाइभन्दा बढी जनता निरक्षर थिए र आयभन्दा पनि शिक्षामा पहुँच अझै असमान थियो । आज पाँच व्यक्तिमध्ये चारभन्दा बढी पढ्न सक्छन् र युवा जनतालाई विद्यालयमा अभूतपूर्व पहुँच प्राप्त भएको छ । निरक्षर व्यक्ति प्रायः पुराना पुस्तामा पाइन्छ ।
स्वास्थ्यको कथा पनि यस्तै छ । सन् १९९० मा प्रतिवर्ष एक करोड ३० लाख बालबालिका पाँच वर्ष उमेर नपुग्दै मर्ने गर्थे । खोप, राम्रो पोषण, स्वास्थ्य स्याहारका कारण यो सङ्ख्या ६० लाखभन्दा कममा झरेको छ । अझै विस्तारपूर्वक भन्दा स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिका कारण एक शताब्दी अगाडि उच्च बर्गका व्यक्तिमा मात्र उपलब्ध सुविधा हाल बढी व्यापक रूपमा प्राप्त हुँदा जीवन उमेरको असमानता आज कम छ ।
छोटो रूपमा भन्दा विश्व एउटा झोलामा परेर नर्कतिर त जाँदै छैन । अझै पनि धेरै समस्या समाधान गर्न बाँकी भए पनि तिनीहरूले प्रायः गरि हाम्रा विचार तथा सार्वजनिक छलफलमा स्थान प्राप्त गरेका छैनन् ।
ट्रम्पको विजयका कारण पेरिसमा भएको मौसमसम्बन्धी सम्झौता उहाँले अस्वीकार गर्ने सम्भावना भएकाले मानव सभ्यता नष्ट हुने त्रासमा रहेको टिप्पणीकार हात निमोठ्न थालेका छन् । तर पेरिस सम्झौताले विश्वको तापक्रम वृद्धि गर्ने समस्यालाई कहिल्यै समाधान गर्दैैन । वास्तवमा संयुक्त राष्ट्र सङ्घको भनाइमा पनि कार्बनडाइ अक्साइडको उत्सर्जनमा कटौती गर्ने भनि सम्झौता भएको तहले औद्योगिक क्रान्तिभन्दा पहिलेको स्तरमा २ डिग्री सेल्सियस (३.६ डिग्री फेरनहाइट) सम्म घटाउनु पर्ने आवश्यकतामा १ प्रतिशतले मात्र पूरा गर्न गर्नसक्छ ।
यसको विपरीत निकै कम दबाब परेको व्यापार सम्झौतालाई नष्ट गर्ने ट्रम्पको बचनमा कम बल परेको छ । यसको विपरीत व्यापारको विरोधलाई न्यु योर्क, बर्लिन र पेरिसमा पु¥याइएको छ । लागत¬–फाइदाको विश्लेषणले स्वतन्त्र व्यापार विश्वका सबैभन्दा गरिब जनतालाई सहयोग गर्ने एक मात्र सबैभन्दा शक्तिशाली तरिका हो भनी देखाएको छ । मेरो विचार मञ्च – कोपनहेगन कन्सेन्सस सेन्टरले गरेको एक अनुसन्धानमा विश्वव्यापी स्वतन्त्र व्यापारका लागि मृतप्रायः ‘दोहा डिभलपमेन्ट राउन्ड’ लाई पुनः जीवन दिन सकिए त्यसले विश्वभरका अरबौँ जनताको आय वृद्धि गर्न सक्छ र १५ वर्षमा १४ करोड ५० लाख व्यक्तिलाई गरिबीबाट बाहिर निकाल्न सक्छ भनि देखाएको छ ।
हाम्रो स्वास्थ्यका विश्वव्यापी चिन्ता पनि यस्तै प्रकारले ढल्केको छ । हामी यस वर्ष जिका विषाणुसँग धेरै डरायौँ जो एक पटक मात्र अमेरिका पुगेको थियो । बालबालिकामा डरलाग्दो हानि पु¥याउने जिकाका विषयमा ब्राजिल तथा अन्यत्र पनि चिन्ता बढेको छ । यसको तुलनामा क्षयरोगमा कमै ध्यान गएको छ र यो विश्वको सबैभन्दा बढी मृत्यु गराउने सङ्क्रमणकारी रोग हो ।
हामीलाई क्षयरोग कसरी उपचार गर्ने भन्ने थाहा छ जसरी हामीलाई बालमृत्यु दर कसरी घटाउने र कुपोषण नियन्त्रण गर्ने भन्ने थाहा छ । हाम्रो ध्यान अन्य समस्यामा जाँदा यी चुनौतीले कम क्षेत्र ढाकेको भन्ने होइन ।
त्यसो भए सन् २०१७ मा राम्रो गर्ने कुरामा बचनबद्ध होऔँ । हामीले हाम्रो ध्यान गलत विषय तथा असफल समाधानमा लगाउन रोक्नुपर्छ । उदाहरणको रूपमा मौसम परिवर्तनको विषयमा हामीले हरित उर्जालाई जीवाश्म उर्जाभन्दा वास्तवमै सस्तो विकल्प बनाउन अनुसन्धान तथा विकास गर्नुपर्छ । र हामीले सबैले सुन्ने गरी स्वतन्त्र व्यापार नै गरिबी निवारणको सोच्नसकिने सबैभन्दा प्रभावकारी नीति हो भनी चिच्याउनुपर्छ ।
यसै अवधिमा हामीले सबैभन्दा महत्वपूर्ण सूचकहरूले पनि विगतमा भन्दा आज जीवन अझै राम्रो छ भन्ने कुरा देखाएको सम्झनु आवश्यक छ । रोग, भोकमरी तथा गरिबीविरुद्ध हामीले गरेका प्रगतिको प्रशंसा गर्नैपर्छ । हामीले भोगेका वास्तविक समस्या समाधान गर्न आवश्यक छरिता विकास लगानीमा ध्यान दिई हाम्रो प्रगति निरन्तर अगाडि बढाउनुपर्छ ।
(व्योर्न लोमबर्ग कोपनहेगन बिजिनेस स्कुलका अतिथि प्राध्यापक हुनुहुन्छ । उहाँ कोपनहेगन कन्सेन्सस सेन्टरका निर्देशक हुनुहुन्छ र यसले उपलब्ध उत्कृष्ट विश्लेषण विधि उपयोग गरि वातावरणका समस्या र समाधानका विषयमा अध्ययन गर्छ । उहाँ ‘द स्केप्टिकल इन्भाइरन्मेन्ट्यालिस्ट, कुल इट’, ‘हाउ टु स्पेन्ड डलर सेभेन्टी–फाइव टु मेक द वल्र्ड बेटर प्लेस’ तथा ‘द नोबेल लरेट्स गाइड टु द स्मार्टेस्ट टारर्गेट फर द वल्र्ड’का लेखक हुनुहुन्छ र उहाँको नाम सन् २००४ मा टाइम पत्रिकाको १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा परेको थियो । रासस (अनुवाद ः सुरेन्द्रबहादुर नेपाली) प्रोजेक्ट सिन्डिकेट