Aamsanchar

विर्तामोडमा अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

Author Image
बुधवार, पौष १३, २०७३

(विनोद पाण्डे)
चारपाने,पौष १३ । कृषि, शिक्षा, स्वास्थ्य, औधोगिक क्षेत्रमा झापा अगाडी रहेको सबैले महसुस गरेकै छन । पछिल्लो समययता खेलकुदमा पनि झापा अगाडी बढिरहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरको विभिन्न खेलहरु झापामा सम्पन्न भई सक्नुले पनि खेलकुदको माध्ययमवाट झापालाई दिगो रुपमा विकास र परिर्वतन गर्न सक्ने सम्भावनाको रुपमा लिन सकिने एक प्रमाणको रुपमा लिन सकिन्छ ।

_MG_0210-copy

पत्रकार सम्मेलनमा आयोजकहरु

रमपम झापा ११ फुटवल क्लबको आयोजनामा गतबर्ष  सम्पन्न रमपंम झापा गोल्ड  कपको प्रथम संस्करण भव्य रुपमा सम्पन भएको थियो । यस बर्षपनि क्लबले मोफसलमा सर्वाधिक राशी ७ लाख रुपैया रहेको दोस्रो झापा गोल्ड कप २०७३ आगामी माघ १५ गते देखि २४ गते सम्म डोमालाल राजवंशी रंगशालामा संचालन गर्ने  बुधबार विर्तामोडमा भएको पत्रकार सम्मेलन मार्फत जनाईएको छ । 

_MG_0205

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरु

फुटबल खेलको लोकप्रियता नेपालमा पनि दिनानुदिन बढदै रहेको परिप्रेक्षमा राष्ट्रिय फुटवलको स्तरोन्नतिमा झापा जिल्लाले समेत ठोस योगदान पुराएको अवस्थामा झापालाई फुटबल शहरको रुपमा विकसित गर्दै फुटबलको माध्ययमले झापाली माटोको सुगन्ध अझ फैलाउन,समाजका विभिन्न वर्ग, तह र तप्काका जनशक्ति स“ग हातेमालो गर्दै अगाडी बढ्ने प्रयत्नलाई निरन्तरता दिने उदेश्यले खेलको आयोजना गरिन लागिएको विज्ञप्तीमा जनाईएको छ । 
_MG_5306

 गत बर्षको खेल मैदान (फायल फोटो)

७५ लाख अनुमानित लागतमा संचालन गर्न लागिएको झापा गोल्ड कप दोस्रो संस्करणलाई  सम्पादन गर्न झापाली जुझारु युवा महेन्द्र गिरीको अध्यक्षतामा १ सय ११ सदस्यीय मूल समिति र ५१ सदस्यीय सल्लाहकार समिति गठन गरि खेलको तयारीलाई तिब्रता दिइन थालेको उपाध्यक्ष बलराम कार्कीले बताए । 

_MG_5454 गतबर्ष खेल मैदानमा खेलाडी (फायल फोटो)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)