Aamsanchar

बाहुन्डाँगीमा ग्रामीण पर्यटन प्रवर्द्धन गर्न ‘वन्स अगेन इलिफेन्ट रिसोर्ट एन्ड लज’

Author Image
बुधवार, पौष १३, २०७३

ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झापाको बाहुन्डाँगीमा ‘वन्स अगेन इलिफेन्ट रिसोर्ट एन्ड लज’ सञ्चालनमा आउन लागेको छ । मंगलबार रिसोर्टमा पत्रकार भेटघाटको आयोजना गरेर उक्त रिसोर्ट सञ्चालनमा पुस १५ गतेदेखि सञ्चालनमा आउने लगानीकर्ता मध्ययका अर्जुन कार्कीले जानकारी दिए ।

 

_MG_0187-Pano

 

अहिले बाहुन्डाँगीका कार्की, राजु बाँस्कोटा, निरज बोगटी र  राजकुमार ओलीले उक्त होटललाई  सञ्चालन गर्न लागेको कार्कीले बताए ।

दुई करोड पचास लाख रुपैयाँको लागतमा बनेको उक्त रिसोर्ट एन्ड लजमा विभिन्न नेपाली परिकार र विदेशी परिकार उपलव्ध हुने  उनले बताए ।  काँकरभिट्टाबाट करीब ६ किलोमिटर उत्तरमा रहेको उक्त होटलका पाहुना बाहुन्डाँगीका पर्यटकीय स्थलहरु तथा सुन्तलाको खानी भनेर चिनिने सलकपुर जाने पर्यटकहरु हुने बताइएको छ । बाहुन्डाँगीमा कृष्णथुम्की तथा मिनी माउन्टेन लगायत पर्यटकीय स्थलहरु रहेका छन् । जहाँ आन्तरिक तथा भारतीय पर्यटकहरु आउने गर्छन् ।

_MG_0185

 

उक्त रिसोर्टको अर्को आकर्षण भनेको जंगली हात्तीको आवागमन हेर्ने पनि हो । सञ्चालक कार्कीले भने, ‘यहाँबाट भारतबाट आउने जंगली हात्तीको पनि दृश्य हेर्न सकिन्छ । अनि मौसम सफा भएको बेला हिमालको पनि दृश्यावलोकन गर्न सकिन्छ ।’ उनले बाहुन्डाँगी जस्तो विकट ठाउँमा रिसोर्ट सञ्चालन गर्नको मुख्य उद्देश्य ग्रामीण पर्यटनको विकासमा टेवा पुर्याउने भएको उल्लेख गरे ।

उक्त रिसोर्टमा सबै सुविधा भएका चारवटा ससाना हट समेत निर्माण गरिएको छ । जुन बासका लागि हो । करीब दुई सय जना अटाउन सक्ने एउटा सेमिनार हल समेत निर्माण गरिएको छ । नजिकै मेची नदी रहेकाले उक्त नदी पनि पश्चिमतिरका पर्यटकलाई आकर्षण हुने कार्कीको भनाइ छ ।_MG_0186

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर