काठमाडौं :

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला बेच्नको लागि हिडेका तीन जनालाई प्रहरीले बुधबार दिउँसो चुच्चेपाटीबाट पक्राउ गरेको छ।

प्रहरीले रेडपाण्डाको छाला बोकेर हिडेक तीन जनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले दोलखा गौरीशंकरका २७ वर्षीय शुक्र थामी, खारेका २७ वर्षीय श्यामकुमार तामाङ र ३० वर्षीय लब तामाङलाई पक्राउ गरेको हो।
सोनाम छिरिङ शेर्पा र शुक्र थामीले गाँउमा पासो थापेर गत असोज महिनामा रेडपाण्डा मारेको प्रहरीले जनाएको छ। शेर्पा र श्यामकुमार तामाङबीच रेडपाण्डाको छाला २० लाख रुपैयाँमा बेच्ने कुराकानी भएपछि छाला काठमाडौं ल्याईएको थियो।

काठमाडौं ल्याई लव तामाङको कोठामा राखी मोलमोलाई गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरी पक्राउ गरेको हो। उनीहरुलाई आवश्यक कारवाहीको लागी प्रहरीले जिल्ला वन कार्यालय, हात्तिसार पठाइसकिएको जनाएको छ।

