Aamsanchar

खप्तडी बस्नेत वन्धुहरु एकजुट

Author Image
बुधवार, पौष १३, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षी,

om-551a21bdbc1a0_l
झापाको शिवसताक्षीमा खप्तडी बस्नेत वन्धुहरु एकजुट भएका छन् ।
शिवसताक्षी क्षेत्रका खप्तडी बस्नेत बन्धुहरुको हक, हित तथा एकआपसमा भाइचारा सम्बन्ध गर्ने उद्देश्यले शिवसताक्षी–७ दूधेमा सो भेला सम्पन्न भएको हो ।
यसैबीच सोही भेलाले समाजसेवी चन्दन बहादुर बस्नेतको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा केन्द्र बहादुर बस्नेत, सचिवमा कालीप्रसाद बस्नेत तथा कोषाध्यक्षमा कृष्णप्रसाद बस्नेतलाई सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी सदस्यहरुमा भद्र बहादुर बस्नेत, निर कुमार बस्नेत, चन्द्र बहादुर बस्नेत, खड्ग बहादुर बस्नेत, तारा बस्नेत, बबिता बस्नेत, कमला बस्नेत, डम्बर बहादुर बस्नेत र नारायण बस्नेत चुनिएका छन् ।
कार्यक्रममा शिवसताक्षी क्षेत्रभित्र रहेका सम्पूर्ण खप्तडी बस्नेत वन्धुहरुको विवरण संकलन गर्ने, केन्द्रीय समितिसंग समन्वय गर्ने तथा कुल मन्दिर निर्माणका विषयमा समेत व्यापक छलफल गरेको थियो ।

सो कार्यक्रममा सहभागी हुन ताप्लेजुङ्ग, पाँचथर तथा जिल्लाकै अन्य क्षेत्रका वन्धुहरुको उल्लेख सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन युवा व्यक्तित्व अशोक बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर