Aamsanchar

बक्सिङमा १० स्वर्णको छिनोफानो

Author Image
बुधवार, पौष १३, २०७३

भद्रपुर ।

boxing

झापाको मेची रंगशालामा सञ्चालित साताँै राष्ट्रिय खेलकुदअन्तर्गत आज १० वटा स्वर्ण पदकको छिनोफानो भएको छ ।

आज भएको ६० केजी तौल समूहको खेलमा नेपाल प्रहरीका दिनेश श्रेष्ठले वाक ओभरमा स्वर्ण पदक जितेका छन् । उनका प्रतिद्वन्द्वी सशस्त्र प्रहरीका खेलाडी दिनेश चन्द रिङमा उपस्थित नभएपछि उनले सिधै स्वर्ण जितेका थिए ।

यसैगरी ४८ केजी तौल समूहमा नेपाली सेनाका ललित महर्जनले नेपाल प्रहरीका दिवान शर्मालाई पराजित गर्दै स्वर्ण जिते यस्तै, ४८ देखि ५१ केजी तौल समूहमा सशस्त्र प्रहरीका माला राईले नेपाली सेनाका गीता थापा मगरलाई, ४९ केजी तौल समूहमा मध्याञ्चलकी सुशील थापाले नेपाली सेनाका सुभास विकलाई, ५२ केजी तौल समूहमा नेपाली सेनाका प्रेम चौधरीले सशस्त्र प्रहरीका विकरम परियारलाई, ५१ देखि ५४ केजी तौल समूहमा नेपाली सेनाका विमला श्रेष्ठले सशस्त्र प्रहरीका प्रमिला पाण्डेलाई, ५४ देखि ५७ केजी तौल समूहमा नेपाली सेनाका निरु गुरुङले सशस्त्र प्रहरीका माया चौधरीलाई, ५८ केजी तौल समूहमा पुरन राईले नेपाली सेनाका विमल रोकालाई, ५७ देखि ६० केजी तौल समूहमा सशस्त्र प्रहरीका सरस्वती राणा मगरले नेपाली सेनाका सोनम रोकालाई तथा ६४ केजी तौल समूहमा नेपाली सेनाका दिपक श्रेष्ठले नेपाल प्रहरीका भूपेन्द्र थापालाई पराजित गदै स्वर्ण पदक हासिल गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर