Aamsanchar

राप्रपाद्धारा पृथ्वी जयन्तीमा सार्वजनिक विदा माग

Author Image
बुधवार, पौष १३, २०७३

काठमाडौं ।Pashupati-and-Kamal

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ ।

बुधबार पार्टी हेडक्वार्टर धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी तथा सचिवालयको बैठकले सार्वजनिक विदाको माग गर्दै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई प्रस्ताव मन्त्रिपरिषद (क्याविनेट)मा लैजान निर्देशन दिएको छ ।

राप्रपाले राष्ट्रिय एकता दिवस र २९५ औं पृथ्वी जयन्तीको अवसरमा राजधानी र देशभर कार्यक्रममा गर्ने निर्णय गरेको छ ।

बैठकले सुदूर पश्चिमाञ्चलका केही जिल्लामा सुनियोजित ढंगले भएको भएको गौ हत्या घटनाको भत्सर्ना गर्दै घटनाको छानविन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग पनि गरेको छ ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर