झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित भृकुटी माध्यमिक विद्यालयले आफ्नो ५०औं स्थापना दिवसको अवसरमा शैक्षिक सत्र २०७३÷०७४ लाई ‘स्वर्णमहोत्सव वर्ष’का रुपमा मनाइरहेको छ । गत पुस ५ गते एक विशेष समारोहकाबीच महोत्सवको उद्घाटन गरिएको थियो । स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयले वर्षैभरि प्रत्येक महिना विविध कार्यक्रम गरिने बताइएको छ । यसै सन्दर्भमा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण सिटौला र प्रधानाध्यापक अञ्जना सिटौला सँग गरिएको कुराकानीको सारसंक्षेप –
विद्यालयको स्वणमहोत्सवलाई वर्षैभरि भव्यताका साथ मनाउन विद्यालय व्यवस्थापन समिति अध्यक्षको हैसियतले के–कस्ता कार्यक्रम तय गर्नुभएको छ ?
– यो विद्यालय वि.सं. २०२४ सालमा स्थापना भई अहिले ५०औं वर्षमा प्रवेश गरेको छ । त्यसैले यो वर्ष स्वर्णमहोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइरहेका छौं । खासगरी स्थापनाकालदेखि हालसम्म विद्यालयलाई योगदान दिने विव्यस अध्यक्ष, पूर्व प्रधानाध्यापक, विशिष्ठ चन्दादाता तथा जग्गादाताहरुलाई स्वर्णमहोत्सव उद्घाटनका दिन सम्मान गरेका थियौं । अन्य चन्दादाता तथा विव्यसका पूर्व पदाधिकारी, शिक्षकलाई समेत आगामी दिनमा स्वर्णमहोत्सवकै अवसरमा हुने कार्यक्रममा सम्मान गर्ने योजना छ । यसका साथै वर्षैभरि महोत्सवलाई विविध कार्यक्रम आयोजना गरी मनाउने लक्ष्य लिएका छौं ।
तपाईंले पूर्व शिक्षक र प्रअको रुपमा यही विद्यालयमा लामो समयसम्म कार्य गरिसक्नुभएको छ । यहा“का समस्याहरु के–के हुन् र तिनलाई समाधान गर्न के–कस्ता कार्यक्रम ल्याउनु भएको छ ?
– हाल विद्यालयमा केही समस्या विद्यमान छन् । कक्षा व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि बाधक बनेका समस्याहरु समाधानका लागि हाम्रो ध्यान केन्द्रित भएको छ । समस्या समाधानका लािग पहिलो कुरा त आर्थिक पक्ष नै हो । यसका लागि बिहानीसत्रमा सञ्चालित कक्षा ११ र १२ को कक्षालाई दिउँसो एकै सिफ्टमा सञ्चालन गर्न सके आर्थिक व्ययभार केही हदसम्म कम हुने हुनाले यसका लागि तीन कोठे भवन थप गर्ने लक्ष्य राखिएको छ । विद्यालयमा उपलब्ध भएका शैक्षिक सामग्री तथा पुस्तकालयलाई व्यवस्थित गर्ने योजना रहेको छ ।
शैक्षिक गुणस्तरको सवालमा धेरै नजिक हुनुहुन्छ । विद्यालयलाई भिन्न बनाउन के–कस्ता प्रतिबद्धता घोषणा गर्नुभएको छ ?
– यसलाई मैले राम्ररी बुझेको छु । शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु नै आजको आवश्यकता हो । यसका लागि शिक्षकको सक्रियता, विद्यार्थीको लगनशीलता र अभिभावकको सक्रिय सहयोगको आवश्यकता पर्छ । किनभने शिक्षण तब प्रभावकारी हुन्छ, जब शिक्षक विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध मजबुत हुन्छ । त्यसैले अभिभावकक जागरुक गराउन विशेष भेला, छलफल र आपसी सम्बन्ध मजबुत गराउनुपर्छ । स्वर्णमहोत्सवकै उपलक्ष्यमा हुने कार्यक्रममा सकेसम्म सवै अभिभावकहरुसँग राम्रो सम्बन्ध कायम गरी विद्यालयमा उपस्थित हुने वातावरण बनाउनुपर्छ ।
विद्यालय र अभिभावकलाई एकसाथ हिंडाउन यहा“को प्रयास कस्तो हुनेछ ?
– विद्यालय समुदायको सम्पत्ति हो । अभिभावकका सम्पत्ति हो । त्यसैले विद्यालयक र अभिभावक एकै सिक्काका दुइवटा पाटा हुन् । अतः विद्यालय र अभिभावक एकसाथ मिलेर अघि बढ्नाले विद्यालयकोे उन्नति प्रगति हुने हुँदा अभिभावकसँग सुमधुर सम्बन्ध कायम गरी विद्यालयको प्रगतिका प्रयास गरिने छ ।
विद्यालयको कमजोर आर्थिक अवस्थालाई मजबुत बनाउन के–कस्ता प्रयास गरिरहनुभएको छ ?
– विद्यालयको कमजोर आर्थिक अवस्थालाई मजबुत बनाउन सकेसम्म प्रयास गरिने छ । थोरै भए पनि विद्यालयको जग्गाको ठेक्का असुलीको काम भइरहेको छ । साथै आर्थिक अवस्था सुदृढ पार्न अभिभावकहरुसँग चन्दा सहयोग उठाउने कार्य भइरहेको छ । सांसदकोष, नगरपालिका, सामुदायिक वन आदिसँग पनि आर्थिक सहयोग माग गरिएको छ । साथै भवन निर्माणका लागि जिविससँग पनि अनुदान माग गर्ने तथा अन्य संघ–संस्थासँग पनि आर्थिक सहायताको अनुरोेध गर्ने लक्ष्य लिइएको छ ।
गुणस्तरीय शिक्षाको लागि विद्यालय व्यवस्थापन समितिको भूमिका के रहने छ ?
– गुणस्तरीय शिक्षा आजको आवश्यता हो । शिक्षकले शैक्षिक सामग्री प्रयोगका साथ शिक्षण गर्दा प्रभावकारी हुन्छ । कक्षा व्यवस्थापन, शैक्षिक सामग्री, शिक्षकको लगनशीलता र विद्यार्थीको सक्रियता गुणस्तरीय शिक्षाका लागि अपरिहार्य आवश्यकता हुन् । अतः यसका लागि विद्यालय व्यवस्थापन समितिले कक्षा व्यवस्थापन, शैक्षिक सामग्रीको आवश्यकतालाई सकेसम्म पूरा गर्ने प्रयास गर्ने, समय–समयमा कक्षा अवलोकन समेत गरी शिक्षकहरुलाई उचित राय–सल्लाह दिई गुणस्तरीय शिक्षाका लागि उत्प्रेरित गरिने छ ।
विद्यालयको ऐतिहासिक पृष्ठभूमिको बारेमा बताइदिनुहोस् न ?
– कनकाई नगरपालिका– ७, दुर्गापुरमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको यो विद्यालय वि.सं. २०२४ सालमा यस क्षेत्रका वुद्धिजीवि तथा शिक्षाप्रेमी महानुभावहरुले स्थानीय आवश्यकतालाई महसुस गरी स्याउलाको छानो र सन्ठीको बेरा लगाएर स्थापना गर्नुभएको हो । तत्कालीन प्रावधान अनुसार घैलाडुब्बा गाउँपञ्चायतले सोही साल पुस ५ गते केन्द्र नं. ४ पाठशालाका रुपमा स्वीकृती दिएको थियो । अहिले यस विद्यालयले ५०औं बसन्तमा पाइला टेकेको छ । विद्यालयले यहाँसम्म आइपुग्दा धेरै आरोहअवरोह पार गरिसकेको छ । अग्रजहरुको भुमिका र वर्तमानको स्मरणस्वरुप यो उत्सव मनाउन पाउदा र मनाइरहँदा हामीले गौरव महसुस गरेको छौं र भविष्यमा यस धरोहरलाई अझ सुन्दर बनाउन यही महोत्सवकै अवसरमा प्रतिबद्धता समेत जाहेर गरेका छौं । २०२४ सालमा प्राथमिक पाठशालाबाट शुरु भएको यो विद्यालय २०३४ सालमा निमावि तह, २०४४ सालमा माध्यमिक तह सञ्चालन भई २०५२ सालमा स्वीकृती पाएर २०६७ सालमा उच्च माध्यमिक तहको सम्बन्धन प्राप्त गरी सञ्चालन भइरहेको छ । यस क्षेत्रका सचेत नागरिकहरुको पहलकदमीले नै यो विद्यालयले आफ्नो स्वरुप फेर्दे यस समृद्ध अवस्थामा आइपुगेको हो ।
स्वर्णमहोत्सव–२०७३ उद्घाटन गरिसक्नुभएको छ । वर्षभरि यसलाई कसरी मनाउ“दै हुनुहुन्छ ?
– हामीले विद्यालय स्थापनाको ५०औं वर्ष प्रवेशको अवसरमा पुस ५ गते स्वर्णमहोत्सव कार्यक्रमको उद्घाटन ग¥यौं । आगामी २०७४ साल पुुस ४ गतेसम्म प्रत्येक महिना विविध कार्यक्रमको आयोजना गरी ५ गते स्वर्णमहोत्सवको समापन गर्ने लक्ष्य लिएका छौं । विद्यालयको स्थापनाकालदेखि हालको अवस्थासम्म ल्याइपु¥याउन महत्वपूर्ण योगदान पु¥याउने संस्थापक, दाता, विव्यसका पूर्व पदाधिकारी, पूर्व प्रअ, अभिभावक, शिक्षक लगायतलाई सम्मान ग¥यौं । यस्तै विद्यालयप्रति सबै सरोकारवालाको अपनत्व, जिम्मेवारी र दायित्वबोध हुनेगरी विद्यालयसम्म पु¥याउने लक्ष्यसहितका कार्यक्रम समेत सञ्चालन गरेका छौं ।
शैक्षिक गुणस्तर अभिवृद्धिमा स्वर्णमहोत्सवको अवसरमा के–कस्ता प्रतिबद्धता जाहेर गर्नुभएको छ ?
– शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने हेतुले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई निकट बनाउने योजना बनाएका छौं । त्यसैगरी स्वर्णमहोत्सव वर्षभरि नै नगरपालिका र स्रोतकेन्द्रभित्रका विद्यालयका प्रतिभा र अभ्यासलाई समन्वय, आदानप्रदान र निकटता गर्ने उद्देश्यले स्रोतकेन्द्रस्तरीय गायन, निबन्ध, वक्तृत्वकला, खेलकुद, हाजिरीजवाफ प्रतियोगिता जस्ता कार्यक्रम सञ्चालन गर्दैछौं । अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएका छौं ।
स्वणमहोत्सवमा हुने आर्थिक व्ययभारको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
– विद्यालयको आर्थिक अवस्था ज्यादै कमजोर छ । विद्यालयको आफ्नो नियमित आम्दानीको स्रोत केही पनि छैन । भौतिक सम्पत्ति भनेको विद्यालय परिसरको एक विगाह दुई कठ्ठा जग्गा र माइखोलोको किनार तुलसीबारीमा रहेको अत्यन्त कम उत्पादन हुने छ विगाह जग्गा हो । यसको आम्दानी नगण्य छ । तर, स्थानीय अभिभावक, वुद्धिजिवी, शिक्षासेवी, शुभचिन्तक, शिक्षक, पूर्व विद्यार्थी लगायतको अगाध मायाकै कारणले के गरौं र कसो गरांै भन्ने अवस्था महसुस भएको छैन ।
महिला प्रधानाध्यापकको हैसियतमा विद्यालयलाई नमुना बनाउन गरिएको प्रयास र व्यवस्थापकीय क्षेत्रका अप्ठ्याराहरु के–कस्ता रहेका छन् ?
– यो विद्यालयसँग मेरो जन्मदेखि नै नाता गाँसिएको छ । यो विद्यालयको प्रथम अध्यक्ष मेदनीप्रसाद उप्रेती मेरो हजुरबुवा हुनुहुन्थ्यो । जसले विद्यालय स्थापनार्थ धेरै कठिन परिश्रम गर्नु भयो । साथै मेरो पिताजी पार्वतीरमण उप्रेतीले पनि दुई कार्यकालसम्म २०४४ सालदेखि २०५५ सालसम्म विव्यसको अध्यक्ष पद सम्हाल्नु भयो । यसका साथै म यसै क्षेत्रको बासिन्दा भएको हैसियतले यो विद्यालय हाम्रो मात्र नभएर मेरो भन्ने भावना ममा छ । म यो विद्यालयलाई शैक्षिक, भौतिक एवम् आर्थिकरुपले समृद्ध भएको हेर्न चाहन्छु । जसका लागि मलाई चाहिने सम्पूर्ण सहयोग र सहानुभूती सबै सरोकारवालाबाट पाएको अनुभुति गरेकी छु । सबैको साथ र सहयोग पाइरहेकोले व्यवस्थापकीय वा अन्य कुनै काम गर्दा महिला भएकै हैसियतमा ग्लानी अनुभव गर्नुपरेको छैन । जहाँसम्म नमुना बनाउने भन्ने सवाल छ, परिवर्तन जादुको छडी होइन, यो परिवर्तित समयक्रममा निर्माण गरिएको शैक्षिक योजनाबाट सम्भव हुन्छ । अहिले विद्यालयको भौतिक निर्माणमा जुटेका छौं । यसको साथै बालमैत्री विद्यालय निर्माण, कक्षाकोठाको उचित व्यवस्थापन, प्रविधिसहितको आधुनिक शिक्षणपद्धति, हरित विद्यालय निर्माण, अपाङ्गमैत्री, छात्रामैत्री शौचालय निर्माण, स्वच्छ पिउने पानी, इन्टरनेटसहितको कम्प्युटर कक्ष, सुविधा सम्पन्न पुस्तकालय, सुविधा सम्पन्न खेलमैदान, साइन्स ल्याव, समयको पालना, शिक्षणसमयको उचित उपयोग हाम्रा मिसन हुन् । यसका लागि आएका चुनौतिको सामना गर्न शिक्षक, विव्यस, शिक्षक अभिभावक संघ, अभिभावकसँगको सहकार्यलाई प्राथमिकतामाको सूचीमा राखेका छौं ।
अन्त्यमा, केही भन्नु छ ?
– स्वर्णमहोत्सवलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्न सम्पूर्ण अभिभावक, शिक्षक, शिक्षासेवी, दाता, संघ–संस्थाले पु¥याउनुुभएको सहयोग सराहनीय छ । यो सहयोग आगामी दिनमा पनि अपेक्षा गरेकी छु । विद्यालयमा सञ्चालन भइरहेको कक्षा ११ र १२ का कक्षाहरु कक्षाकोठाको अभावमा बिहानीसत्रमा सञ्चालन गर्नुपर्दा विद्यालयलाई अतिरिक्त आर्थिक भार परेको छ । यसलाई न्युनीकरण गर्न जिल्ला शिक्षा कार्यालय, यस क्षेत्रका राजनितीक दल, सभासद् लगायत दाताहरुलाई विनम्र अनुरोध गरिएको छ ।
अन्त्यमा, स्वर्णमहोत्सव सफल पार्न सहयोग पु¥याउनु हुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्छु ।
प्रस्तुतिः पूर्णबहादुर कटुवाल