काठमाडौं।
स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औं जन्मजयन्ती आज राजावादीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।
२००२ साल पुस १४ गते जन्मिएका शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो ।
तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।
तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए ।
त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 66