Aamsanchar

दशगजा क्षेत्रमा गोली चल्यो, २ प्रहरी हवल्दार घाइते

Author Image
बिहिवार, पौष १४, २०७३

कपिलवस्तु,goli prahar

कृष्णनगर भन्सार नाका नजिकैको लक्ष्मीनगर नाकामा अपरचित व्यक्तिले चलाएको गोली लागेर दुईजना प्रहरी घाइते भएका छन् । भन्सार क्षेत्र नजिकको दशगजा क्षेत्रमा चलेको गोलीबाट इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवल्दारहरु कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा एयरगनको गोली जस्तो देखिने छर्राहरु भेटिएको र एयरगनको गोलीबाट प्रहरी हवल्दारहरुको घाइते भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको प्रहरी उपरीक्षक भोजजंग शाहीले बताउनुभयो ।

भारतीय प्रहरीको सहयोगसमेत लिएर नेपाल भारत दुवैतर्फको सीमा क्षेत्र कडाइ गरिएको र घटनामा संलग्नको खोजी भैरहेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो । घाइते दुवै जनाका स्थानीय स्वास्थ्य संस्थामा उपचार गछि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Views: 124

प्रतिक्रिया (०)