Aamsanchar

युवा संघ केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार

Author Image
शुक्रवार, पौष १५, २०७३

काठमाडौं ।khukuri

नेकपा एमाले निकट युवा संघ केन्द्रीय अध्यक्ष दुर्गा तिवारीको हत्याको घटना सेलाउन नपाउँदै युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ ।

 

बिहीबार राति बाँकेको कोहलपुरमा अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी गम्भीर घाइते भएका छन् । बुढाथोकीलाई उपचारका लागि भारतको लखनउ लगिएको युवा संघले जनाएको छ ।

बुढाथोकीको हत्या गर्ने उद्देश्यले आक्रमण भएको भन्दै युवा संघले बिहीबार राति ९ बजे नै विज्ञप्ति निकालेर खुकुरी प्रहार गर्नेको खोजी गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बुढाथोकीमाथि कसले र किन आक्रमण गर्यो भन्ने खुल्न सकेको छैन । युवा संघले भने संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्ध एमालेले गरिरहेको आन्दोलनबाट तर्सिएर आफ्न नेतामाथि निरन्तर आक्रमण भइरहेको जनाएको छ । तिवारीको गत पुस ४ गते हत्या भएको थियो ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर