Aamsanchar

अर्जुन कपूरले बनाएको जीम हल अवैध !

Author Image
शुक्रवार, पौष १५, २०७३

एजेन्सी । 

Arjun-kapoor-5864ad11668761.96714516

बलिउड अभिनेता अर्जुन कपूरलाई मुम्बई महानगर पालिका अर्थात बीएमसीले एक पत्र पठाएको छ । पत्रमा अर्जुनले घरको छतमा बनाइएको अवैध जिम हलका बारेमा सोधिएको छ ।

अर्जुन मुम्बईस्थित जुहू इलाकाको रहेजा आर्किडमा बस्छन् । उनले आफू बस्ने घरको छतमा आफ्नै लागि एक कोठा बनाएका छन् । जसमा शारिरीक अभ्यास गर्न जीम हलको रुपमा त्यो कोठालाई विकास गरेका छन् । सोही विषयमालाई लिएर बीएमसीले अर्जुनलाई कानुनी पत्र पठाएको हो ।

पत्रमा यदी अर्जुन कपूरले एक हप्ता भित्रमा उक्त कोठा नभत्काए बीएमसीले नै कारबाही गर्ने उल्लेख गरिएको छ ।

यसअघि कमेडियन कपिल शर्मा पनि यस्तै अवैध निर्माणका कारण कारबाहीमा परेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)