Aamsanchar

अदालत घाम ताप्ने ‘हाटबजार’ होइन

Author Image
शुक्रवार, पौष १५, २०७३

रुकुमः

susilakarki5

प्रधानन्यायाधीश सुशील कार्कीले अदालत सेवाग्राही गएर दिनभर बस्ने हाटबजार नभएको बताएकी छिन् । बिहीबार रुकुम जिल्ला अदालतको भवन उद्घाटन गर्दै कार्कीले भनिन्, ‘मान्छेहरु दिनभर आएर घाम तापेर बस्न अदालत कुनै हाटबजार होइन ।’

सेवाग्राहीको कार्यव्यस्ताता र समयको महत्वलाई बुझेर पछिल्ला दिनमा प्रचलनमा ल्याइएको एक घण्टे सेवाका विषयमा बोल्दै कार्कीले यस्तो बताएकी हुन् ।

कार्कीले अदालतप्रतिको विश्वासलाई कायम राख्न सबैलाई झगडीया भन्दा पनि सेवाग्राहीको रुपमा व्यपहार गर्न सुझाव दिएकी छिन् । साथै उनले अदालतलाई महिला, अपाङ्ग, पिछडिएका वर्ग र अन्य सीमान्तकृत समुदायमैत्री बनाउन समेत जोड दिएकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)