Aamsanchar

‘सरकारको अबको कार्य स्थानीय तहको निर्वाचन’

Author Image
शनिवार, पौष १६, २०७३

झापा ।taraman

स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले गुरुङले सरकारको अबको कार्य प्रमुख भनेको स्थानीय तहको निर्वाचन रहेको बताएका छन् ।

झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा आयोजित तमु ल्होसार पर्वको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहको चुनाव गराउन सकिएन भने अहिलेसम्मका उपलब्धिहरु गुम्ने खतरा रहेको औल्याए ।

सरकारले गुरुङहरुको नयाँ बर्षमा सार्वजनिक विदा दिनु महत्वपूर्ण उपलब्धि भएको कार्यक्रममा बताएका थिए । उनले आफू आफ्नो संस्कृति जगेर्ना गर्नमा अब्बल रहेको बताए ।
यसैबीच झापामा बसोबास गरेका तमु समुदायले शुक्रबार तमुहरुको नयाँ बर्ष भव्यका साथ तमु ल्होसार पर्व मनाएका छन् ।
गुरुङका सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै परम्परागत खाना ढिँडो, सेल रोटी, भेडाको मासुका परिकार स्टलसमेत राखेर कार्यक्रम आयोजना गरिएको थियो ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर