झापा।
दमक रबी चिसापानी सडक फाल्गुनन्द मार्ग निर्माणको कामलाई अझ तिब्रता दिन इलामको बाँझो गाविसमा डिभिजन सडक कार्यालय दमकको साईट अफिस स्थापना गरिएको छ ।
बाँझो गाबिस वडा नम्बर ८ स्थित मझुवा दोभानमा एक कार्यक्रमको अयोजना गरि साईट अफिसको उद्घाटन गरिएको हो । जिभिजन सडक कार्यालय दमकका प्रमुख राजेश कुमार यादव र सडक निर्माण उपभोक्ता समिति अध्यक्ष रेवतराज पुरी(गगन)ले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्नुभएको हो ।
बाटो अनुगमनमा सहज होस भनेर साईट अफिसको स्थापना गरिएको डिभिजन प्रमुख यादवले बताउनु भयो ।“सडक निर्माणका सन्दर्भमा यहाँका जनताको गुनासो दमक पु¥याउन गाह्रो छ । त्यहि भएर जाहाँ काम हुँदैछ सोहि ठाउँमा साईट अफिस स्थापना गरिएको हो ।” डिभिजन प्रमुख यादवले भन्नु भयो ।
त्यसै गरि सडक निर्माणको कामलाई आक्रामक रुपमा अघि बढाउन साईट अफिसको स्थापना गरिएको सडक निर्माण उपभोक्ता समिति अध्यक्ष पुरीले बताउनु भयो ।
साईट अफिस स्थापना पछि बाटो निर्माणमा कुनै कमजोरी भए गुनासो गर्न सहज हुने उपभोक्ताको विस्वास रहेको छ ।