Aamsanchar

यसरी मनाऔं अंग्रेजी नयाँ वर्ष

Author Image
शनिवार, पौष १६, २०७३

new yerशुरु गरौं वर्ष विशेष विषयगत प्रसँगबाट । जिन्दगीलाई एकतमासले हेर्ने हो भने यसलार्इ अनुभव र यादहरुको डोकोको रुपमा लिन सकिन्छ । जसमा अँटाएका हुन्छन् खुशियाली, हाँसो, ठट्टा-मजाक, रहर, चाहना, प्राप्ति, विछोड, सफलता, असफलता, गाँठो फुकाइएका-नफुकाइएका अनेक भावहरू । झन त्यो जिन्दगी रूपी डोकोबाट जीवनका विभिन्न अारोह अवरोहहरूका अनेक खुड्किलामा पोखिएर छल्किएका सम्झनाका छालहरू त झन यादगार रहन्छन् । तर जिन्दगीमाथि अाफ्नो विजय हासिल गर्नुछ भने दुःखका पल सम्झिएर छट्पटिने अथवा निरास हुने हैन खुशियालीका साना साना हाँसोका क्षण सम्झिन सक्नुपर्छ ।

हरेक नव वर्षको जीवन एउटै हुँदैन सदैव केहि न केही फरक कथा बुनेर नयाँ यूगको स्वागत गर्छ, जो पछाडी फर्केर कदापी हेर्न चाँहदैन र याद र अनुभवले उनीएको माला झै पुरानो वर्ष वित्नेगर्छ । विदाई भनौ या स्वागतम! सन् २०१६ ले अाफूले गर्नुपर्ने र विश्वजगतलार्इ दिनुपर्ने अनुभव छाड्दै सन् २०१७ भित्रिएको छ ।

आजबाट इश्वी संवतको नयाँ वर्ष संसारभर भब्यताकासाथ सन् २०१७ को नामले स्वागत गरिंदैछ । हुन त हामी नेपालीहरुको अाफ्नो दैनिकी, चाडवाड अनि कार्यालयगत कुराहरु विक्रम सम्वतमा आधारित भएकाले यो इश्वी सम्वतलाई आगन्तुक र परदेशी संवतका रुपमा लिने पनि गरिन्छ तर विदेश बस्नेहरु अनि अन्तराष्ट्रिय संघ-संस्थाहरुमा काम गर्ने लगायत अन्य अन्तराष्ट्रिय संवतहरु इश्वी सम्वतमै स्विकारीएकाले इश्वी सम्वतको अन्तर्राष्ट्रिय अपनत्वता र उपयोगीता छ ।

भनिन्छ नि, “शुभकार्य र शुभकामनामा ढिलाई गर्न हुँदैन” तसर्थ शिघ्रातिशिघ्र हाम्रो पात्रोको तर्फबाट आफ्ना तमाम शुभचिन्तक तथा प्रयोगकर्ताहरुलाई नव वर्ष सन् २०१७ सालको हार्दिक मङ्गलमय शुभकामना । विक्रम सम्वत भने इश्वी सम्वत भन्दा ५७ वर्षले अगाडी छ र जनावरी फेब्रुअरी जस्ता १२ महिनाहरुले वर्षदिनको घोतक गर्ने  इश्वी सम्वत हो भने बिक्रम सम्वतमा हाम्रा वैशाख, जेष्ठ जस्ता १२ महिनाहरु हुन्छन् भन्ने त हामीलाई थाहै छ ।

अाजको दिन हामीमध्ये धेरै फूर्सतिलो भएकाले गएको वर्षको समिक्षागर्न मन लागेको हुनपर्दछ । कस्तो रह्यो त सन् २०१६ हाम्रो लागी ? के कस्ता कथाहरू अाए गए ? भोगाइका अनेकथरी अारोह अवरोहहरूले जीवनमा के कस्तो भूमीका खेले ? कसरी सामना गरियो ति तमाम दैनिकिका पात्रहरूलार्इ ? के के कुराहरु लिएर अनि कस्ता कस्ता कुराहरु दिएर गयो त सन् २०१६ ? अनि अब आउने वर्षमा के कस्ता योजनाहरु, प्रक्रियाहरु, धारणाहरु तपाईले पुरा गर्ने चाहना राख्नुभएको छ त ? सन् २०१६ मा तपार्इले दिनुभएको उर्जा पुग्यो पुगेन त्यसमा अल्मलिएर अब काम छैन, नयाँ उर्जा थप्नुस अघि बढ्नुस् सफलताको नयाँ अध्यायले तपाइलार्इ कुरीरहेको छ ।

हरेक नयाँ वर्षहरुमा हामी केही नयाँ सोंच या अाफ्नो दैनिक जीवनमा परिवर्तनका उदाहरणहरू अनुभव गर्ने चाह राख्दछौं तर ति तमाम चाह अनि वाचाहरु सबै पुरा हुँदैनन । केही कुरा थप गृहकार्यकालागि समयले तुहाएर छाडि दिने गर्दछ । यस वर्षको सकारात्मक सोंच अनि प्रगतिका लावालस्करहरुले तपाइको पाइला चुमुन, फर्केर हेर्नु नपरोस अनि ताकेका चिताएका सकारात्मक कुराहरुमै सफलताको निशाना लागोस् ।

यो वर्षभरिको हतारो, विस्मात र आश्चर्यसङ्गै, मिलन-विछोड अनि संभावनाका स-साना संवाहकहरुसित कतै यहाँले पालैपिच्छे मुस्कुराउन त विर्सनुभएको छैन ? एकफेर सोचौं है ! जीवनको मूलभूत उद्देश्य र हरेक दिनको एउटामात्र निश्चय भनेको कसैको मुहारमा एउटा मिठो मुस्कान थप्नु हो, कसैले हामीबाट प्राप्त गर्ने त्यस्तो मुस्कानपछि अाफूमा जुन अानन्द र हर्ष छाउँछ त्यो जत्तिको खुशियाली शायदै अन्त भेटिएला । यस वर्षमा हाम्रो हाँसो अनि मुस्कानहरु उधारोमा नजाउन्, हरेक अवसरहरुलाई उत्साहका साथ मनाउन पाईयोस् अनि दुःखनै लेखेको छ भने पनि बहादूरीका साथ सामना गर्ने साहस होस् ।

अनेक वर्षहरुसङ्गै हामीहरूपनि परिवर्तन भईरहेका छौं, जीवनका आयामहरु पनि परिवर्तनशील छन् । सन् २०१७ ले यी परिवर्तनका आयामहरुलाई सकारात्मक गोरेटो तर्फ लग्नेछ ? व्यक्ति, परिवार, समाज, देश अनि विश्वमा जे जति नराम्रो अनुभूति थियो त्यो सन् २०१६ को हिजोको रातसङ्गै सिल्टुम्मर खाअोस् । कुनै लत या बानी छोड्न चाहनुहुन्छ भने अटल आत्मविश्वास र दृढ सकंल्प होस् । युवा पुस्ताका साथीहरु हुनुहुन्छ र कसैप्रति अाफ्नो प्रेम उजागर गर्न चाहनुहुन्छ र सकिरहनुभएको छैन भने यो वर्षले त्यो किस्सालाई पनि बल दिएर अभिब्यक्त गर्ने सामर्थय प्रदान गरोस्, कि कसो ?hamropatro

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर