बिर्तामोड। 

नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारहरुको स्वास्थ्य उपचारमा दीगो सहयोग पु¥याउन पत्रकार–सहारा उपचार कोष स्थापना गरेको छ ।
शनिबार उक्त कोषको घोषणा तथा सहयोग हस्तान्तरण समारोहमा बिर्तामोड–२स्थित सहारा नेपाल साकोसले ५ लाख रुपैयाँ प्रदान गरेको छ । सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेलले उक्त रकमको चेक महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङलाई हस्तान्तरण गरे । पत्रकार महासंघले यसैबर्ष कोषमा रकम थप गरी २० लाख रुपैयाँसम्म पु¥याउने र आगामी साउनदेखि त्यसको व्याजबाट पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने योजना बनाइएको पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए ।
बर्षेनि कोषमा रकम थप गर्दै लगिने जनाइएको छ । कोषका लागि पत्रकारबाट समेत व्यक्तिगत रुपमा ३१०० रुपैया लिइने बताइएको छ ।
सहयोग हस्तान्तरण समारोहमा ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल –वान) का उपाध्यक्ष कुमार भट्टराईले ११ हजार, बिर्तामोड निवासी पार्वता विमली र उर्मिला खरेलले जनही ५१ सय रुपैयाँ कोषका लागि प्रदान गर्ने घोषणा गरे । समारोहमा उपस्थित अन्य दुई दर्जन संस्थाका प्रतिनिधिले समेत कोषको लागि संस्थागत रुपमा सहयोग पु¥याउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ केन्द्रीय समितिका महासचिव उजिर मगरले सहारा नेपाल साकोस वास्तवमै पत्रकारको सहारा बनेको बताए । पत्रकारले समाजका लागि ठूलो भूमिका खेलेको चर्चा गर्दै उनले पत्रकार उपचार कोषमा सहयोग गर्न सबैमा आव्हान पनि गरे । कोषको रकम सही ठाउँमा सदुपयोग गर्न पनि उनले सुझाएका छन् ।
पत्रकारिताका बरिष्ठ प्रशिक्षक टंक उप्रेतीले पत्रकारिताले सत्यको खोजी गर्ने र त्यो सत्य समाजमा लुकेको हुने भएकाले त्यसको खोजी गर्नु चुनौतिपूर्ण रहेको बताउँदै त्यस्तो चुनौतिपूर्ण पेशामा समर्पित पत्रकारको विषयमा दीगो सोचका साथ काम हुनु उदाहरणीय भएको बताए ।
समारोहमा मेची यातायात संघका अध्यक्ष राजेन्द्रकुमार बस्नेत, बानका उपाध्यक्ष कुमार भट्टराई, शिक्षक महासंघका अध्यक्ष तेजप्रसाद चम्लागाई, सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेल, वीरता लेडी जेसीजकी अध्यक्ष रजनी बजगाईले मन्तव्य राखेका थिए । महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको समारोहमा स्वागतसहित औचित्यमाथि प्रकाश उपाध्यक्ष तारामणि सापकोटाले पारेका थिए भने कार्यक्रमको सञ्चालन सचिव एकराज गिरीले गरेका थिए ।
कार्यक्रममा सहारालाई महासंघकोतर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाई, प्रेस सेन्टरका प्रदेश नं. १ उपाध्यक्ष डण्डीराज घिमिरे, महासंघ झापाका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, सहाराका बरिष्ठ उपाध्यक्ष हरि निरौला, उपाध्यक्ष पवित्रा सुब्बा, सहायक निर्देशक लक्ष्मण खतिवडाको आतिथ्य थियो ।
त्यस्तै निर्माण व्यवसायी संघका ओम पौडेल र मौसम थापा, सामुदायिक वन महासंघका हंशलाल राजवंशी, प्याब्सनका छत्र कार्की, रेडक्रस बिर्तामोड र वीरता जेसीजका सजेश शिवाकोटी, वीरबहादर दर्नाल, लायन्स क्लबका सुरज रौनियार, रोटरी क्लबका विनयराज पोखरेल, रोटरी क्लब मिड टाउनका सन्तोष अग्रवाल, अर्जुनधारा जेसीजका शार्दुलहाङ ओली, रौनियार सेवा समाजकी संगीता रौनियार, हार्डवेयर व्यवसायी संघका मातृका कोइराला, चिकित्सक संघ मेचीका डा. सीपी यादव, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका रुपक खनाल, संवाद समूह झापाका दीपेन्द्र भट्टराई, औषधि व्यवसायी संघका जीवन खड्का,उपभोक्ता हित संरक्षण मञ्चकी उर्मिला खरेल,उद्यमशील महिला महासंघकी पार्वता विमली,महासंघका सल्लाहकार तीर्थ सिग्देल लगायतको समेत आतिथ्य थियो ।
Views: 241

