(नरेन्द्र ढकाल )
विर्तामोड ।

झापाको कांकरभिट्टा नाकाबाट पैदल मार्ग हुदै नेपाल भित्र्ने पर्यटक वर्षेनी घट्दै गएका छन् । केही वर्ष अघि सम्म पैदल मार्ग भएपनि धेरै पर्यटक नेपाल प्रवेश गर्ने भएपनि हाल निरन्तर उक्त संख्या ओरालो लागी रहेको छ ।
गत वैशाखमा गएको विनाशकारी भूकम्प र त्यस लगत्तै भारतले गरेको अघोषित नाकाबन्दीका कारण गत वर्ष पर्यटक घटेको थियो भने यस वर्ष गत वर्षको भन्दा कम मात्र पर्यटक नेपाल भित्र्एिको अध्यागमन कार्यालय कांकरभिट्टाका प्रमुख रामप्रसाद फुंयालले जानकारी दिएका छन् । नेपालकोृ राजनीतिक अस्थितरता, बन्द, हड्ताल लगायतका कारण पर्यटकको संख्या ओरालो लागी रहेका बेला भारतले केही महिना अघिबाट भारतीय रुपैंया पाँच सय र हजार दरका नोटमा लगाएको प्रतिबन्धका कारण पर्यटकको संख्या झनै ओरालो लागेको अध्यागमन कार्यालयले जनाएको छ ।
पूर्वी नाका कांँकरभिट्टाबाट सन् २०१६ को जनवरी १ देखि डिसेम्बर ३१ तारिखसम्ममा ६ हजार दुई सय पाँच जना बिदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो गत वर्षको भन्दा दुई हजारले सात सय २० हजाले कमी हो । अध्यागमन कार्यालयका प्रमख फुँयालका अनुसार अनुसार सवगतका वर्ष झैं यस वर्ष पनि बंगलादेशी नागरिक नै बढी आएको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष ५ हजार ५५ जना पर्यटक आएकोमा यस वर्ष २ हजार दुई सय ६४ जना मात्र पर्यटक पूर्वी नाकाबाट नेपाल प्रवेश गरेका छन् ।

त्यस्तै यस वर्ष अमेरिकाबाट ६ सय ७८, भुटानबाट ३ सय ५, चीनबाट २ सय ८९ जना, दक्षिण कोरियाबाट २ सय ८४, बेलायतबाट २ सय ४९, श्रीलङ्काबाट दुई जना मात्र पर्यटक पैदल मार्ग हुँदै पूर्वी नाकाबाट नेपाल प्रवेश गरेको अध्यागमन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
वर्षेनी पर्यटक भित्रिने क्रम बढी रहेको भन्दै पर्यटन क्षेत्रमा कार्यरतहरुले चिन्ता ब्यक्त गरेका छन् । पूर्वी नाकाबाट सन् २०१२ मा ४ हजार ७ सय ४७, सन् २०१३ मा ५ हजार ६ सय ५१, सन् २०१४ मा ९ हजार ९ सय ४९, तथा सन् २०१५ मा ८ हजार ९ सय २५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । गतवर्ष दैवी प्रकोप तथा राजनीतिक संकटका कारण पर्यटक नआएको अनुमान गरिए पनि यस वर्ष झनै पर्यटक घट्नु चिन्ताको विषय भएको फुँयालको भनाई छ ।
झापासहित पूर्वका इलाम,पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा लगायतका जिल्लाको पर्यटन प्रर्वद्धन गर्दै विदेशी पर्यटकलाई आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएपनि सुरक्षाको भरपर्दो सन्देश दिन नसक्नु तथा पर्यटकीय स्थानको प्रचारप्रसार नहुनुले गर्दा पर्यटक घटेको अनुमान गरिएको अध्ययागमन कार्यालयले जनाएको छ ।
पर्यटकको आगमनमा आएको कमीका कारण राज्यले राजश्व समेत गुमाउनु परेको छ भने ब्यापार ब्यवसायसमेत प्रभावित भएको छ । पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई तीब्रता दिँदै त्यस क्षेत्रको विकास गर्ने हो भने विदेशी पर्यटकहरुको आगमन बढ्न सक्ने अध्यागमन कार्यालयका प्रमुख फुयाँलले बताए । सरकारले अन्तरिक पर्यटनलाई बढवा दिएपनि वाह्य पर्यटनलाई आकर्ष गर्न नसक्क्नु दुखद् भएको पर्यटन ब्यवसायीहरुको भनाई छ ।
नेपालको राजनीतिका अस्थिरता नै विदेशी पर्यट नआउनुको मुख्य कारण भएको बताइएको छ । अध्यायगमन कार्यालयको पाँच वर्षको तथ्याङ्क हेर्दा पूर्वी नाका कांकरभिट्टा नाका भएर सन् २०१४ मा धेरै पर्यटक भित्रिएका छन् । सरकारले पर्यटनको क्षेत्रमा लगानी बढाउदै गएपनि पर्यटक भने वर्षेनी घट्नु पर्यटन क्षेत्रका लागी चिन्ताको विषय भएको फुँयालको भनाई छ ।

