Aamsanchar

किराती राष्ट्रिय मुक्ति मोर्चामा १४ जना उपाध्यक्ष

Author Image
सोमवार, पौष १८, २०७३

खोटाङ,

mao-aketa

नेकपा (माओवादी केन्द्र)को भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा राजन किराती ‘बासु’ चयन हुनुभएको छ ।  खोटाङको दिक्तेलमा आइतबार राति सम्पन्न मोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट बासु अध्यक्षमा सर्वसहमतीले चयन हुनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा १४ जना चुनिएका छन् । प्रकाश राई, नरेन्द्र खाम्ले, तीलकप्रसाद राई, शौभाग्यवतीदेवी राई, राजेन राई, टीका लिम्बु, जयप्रकाश राई, आशा कुलुङ, किशोरकुमार राई, भाइ किराती, अशोक राई, बिनोद सुनुवार, अरुणा राई (दिक्षा) र राकेश किराती गरी १४ जना उपाध्यक्षमा चयन भएका हुन् ।

दुई दिनदेखि दिक्तेलमा जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रले महासचिवमा अर्जुन जम्नेली राई तथा उपमहासचिवमा वसन्त राई र रेखराज राईलाई चयन गरेको छ ।

सम्मेलनबाट किरात स्वायत्त गणराज्य संंस्थागत गर्न विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णयसमेत पारित गरिएको नव निर्वाचित अध्यक्ष बासुले बताउनुभयो । दिक्तेलमा सम्पन्न मोर्चाको राष्ट्रिय सम्मेलन माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा पूर्व रक्षामन्त्री रामबहादुर थापा बादलले शनिबार उद्घाटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)