Aamsanchar

सर्वसाधारणको करोडौं रुपैयाँ ठगेर फरार आचार्य झापाबाट पक्राउ

Author Image
सोमवार, पौष १८, २०७३

बिर्तामोड।

pakrau1

सर्वसाधारणको पौने चार करोड रुपैयाँ ठगेर फरार रहेका युनिपे टु यु कम्पनी (नेटवर्किङ व्यवसाय) का सञ्चालक डिल्लीराम शर्मा आचार्य झापाबाट पक्राउ परेका छन् ।
झापासहित देशभर नेटवर्किङ व्यवसाय सञ्चालन गरेर दुई करोड ३३ लाख ३२ हजार रुपैयाँ सर्वसाधारणलाई ठगेको र एक करोड ६४ लाख ६९ हजार चार सय ७९ रुपैयाँ राजश्व चुहावट गरेर फरार रहेका उनी झापाको बिर्तामोडबाट पक्राउ परेका हुन् ।

काठमाडौं जिल्ला अदालत फैसला कार्यान्वयन पूर्णकालीन दस्ता (कार्य समूह) र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले उनलाई घरैबाट शुक्रवार राति पक्राउ गरेको हो ।  पक्राउ परेका आचार्यलाई आइतवार जिल्ला अदालत झापा बुझाएपछि मात्र उनी पक्राउ परेको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।
तत्कालीन काँकरभिट्टा–२ साविक मेचीनगर नगरपालिका घर भई बिर्तामोड स्थायी वसोवास गर्दै आएका उनीविरुद्ध प्रेम रम्तेलसहितको जाहेरी र राजश्व अनुसन्धानको जाहेरीबाट काठमाडौं जिल्ला अदालतले २०७१ साल माघ ४ गते ठगी र राजश्व चुहावट मुद्दामा ४ वर्ष कैद र उक्त जरिवाना फैसला गरेको थियो ।

अदालतको फैंसला लगत्तै फरार रहेका ५२ वर्षीय आचार्यलाई पक्राउ गरी जिल्ला अदालत झापा बुझाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर