झापा,

चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा सोमबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे भारतको सिलगुढीमा रहेको कञ्चनजङ्घा रङ्गशालामा हुनेछ। नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो।

समूह चरणमा ३ खेल खेलेको नेपालले सबै खेलमा जित हासिल गर्दै ९ अंक जोडेको छ। नेपाल भुटानविरुद्वको पहिलो खेलमा ८–० ले विजयी भएको थियो।


दोस्रो खेलमा माल्दिभ्स ९–० र अन्तिम खेलमा श्रीलंका १–० गोलअन्तरले नेपालसँग पराजित भएको थियो। समूह चरणको दुई खेल खेलेको भारतले एकमा जित तथा एकमा गोलरहित बराबरी खेलेको थियो। आजै हुने अर्को सेमिफाइनल खेलमा बङ्गलादेश र माल्दिभ्स आमनेसामने हुनेछन्।
Views: 144

