काठमाडौं ।
सहनराजा खानको फिल्म ‘रोमियो’मा काम गरिरहेकी अभिनेत्री नीशा अधिकारीले फिल्म बनाउन लागेकी छन् । उनले निर्माण गर्न लागेको फिल्मको नाम हो ‘झ्यानाकुटी’ ।
अभिनेत्री अधिकारी यस फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् । फिल्मको छायाङ्कन फागुनबाट सुरु गरिने निर्माण पक्षलेृ जानकारी गराएका छन् । फिल्मलाई लमजुङको घले गाउँमा छायाङ्कन गरिने भएको छ ।
अभिनेत्री अधिकारीबाट निर्माण हुने ‘झ्यानाकुटी’ कमेडी र रोमान्टिक फिल्म हुनेछ । अभिनेत्री अधिकारीका अनुसार सो फिल्मको लीड अभिनेत्रीको रुपमा बेनिषा हमाललाई अनुबन्धित गरिएको छ ।
साथै, जानकारीमा आएनुसार फिल्मको लीड अभिनेताको रुपमा सौगात मल्ल हुनेछन् ।
अभिनेत्री निशा अधिकारी सो फिल्मको निर्मातासँगै क्रियटिभ निर्देशकको रुपमा रहने भएकी छन् । फिल्म भने अभिनेत्री निशा र सिमोसको लगानीमा निर्माण हुन लागेको हो । एजेन्सी ।