Aamsanchar

कुवेतमा नेपालीद्वारा नेपालीकै हत्या

Author Image
सोमवार, पौष १८, २०७३

काठमाण्डौं ।hatya

कुवेतमा कार्यरत रसुवाका राजेश ग्याबाले सँगै काम गर्ने मोरङका जीवन प्रसाद भट्टराईको छुरा प्रहार गरी हत्या गरेका छन् ।

उनीहरु दुवै जना कुवेतको अल यास्रा फूड सप्लायर्स कम्पनीमा कार्यरत थिए । राजेश ८ महिनाअघि ड्राइभरका रुपमा कम्पनीमा आएका थिए ।

तर डिप्रेसनका कारण उनको भिसा क्यान्सिल भएको थियो । उनी डिसेम्बर २२ देखी ड्युटीमा गएका थिएनन । सुबान इण्डस्ट्रियल एरिया मिनिस्ट्री क्याम्पमा आइतबार घटना घटेको हो ।

हत्यारा र मृतक एउटै कोठामा बस्ने गरेको सहकर्मीहरुले बताएका छन् ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर