काठमाडौं,
मुख्य तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ । संविधान संशोधनको विषयमा उत्पन्न गतिरोध अन्त्य गर्ने विषयमा बसेको कांग्रेस, माओवादी र एमालेका शीर्ष नेताहरुको बैठकमा सहमति हुन नसकेको हो ।
सिंहदरबारमा बसेको बैठकमा शीर्ष नेताहरुले आआफ्नै अडान दोहोर्याए । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन प्रस्ताव फिर्ता भए मात्र सहमति हुन सक्ने बताउनुभयो ।
कांग्रेस नेता रामचन्द्र पौडेलले सहमतिको प्रयास कायमै रहेको बताउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 135