Aamsanchar

युएईमा एक वर्षमा ६६ जना नेपालीले ज्यान गुमाए

Author Image
सोमवार, पौष १८, २०७३

युएई ,

bidesh

गएको वर्ष युएईमा ६६ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने मध्ये ६० जना पुरुष र ६ जना महिला छन् । यो सख्या अघिल्लो वर्ष भन्दा दुईजनाले धेरै हो । सन् २०१५ मा ६४ जना नेपाली कामदारको ज्यान गएको थियो ।

हृदयघात, मस्तिष्क पक्षघात तथा धेरै रक्सी खाएका कारण सन् २०१६ मा ३६ जनाको ज्यान गएको छ । यसलाई प्राकृतिक कारण भनिएको छ । २२ जनाको हृदयघातका कारण, ८ जनाको बिभिन्न रोग लागेर र ५ जनाले धेरै जाडरक्सी खाएका कारण ज्यान गुमाएका हुन् । एक जनाको मृत्युको कारण खुलेको छैन ।

युएईस्थित नेपाली दूतावासको तथ्याँक अनुसार १२ जनाले आत्महत्या गरेको र १८ जना दुर्घटनामा परेका छन् । यसमध्य ८ जनाको सडक दुर्घटना र अन्य ४ जनाको जलेर तथा पानीमा डुबेर ज्यान गएको हो । त्यस्तै ३ जनाको कार्यस्थलमै दुर्घटना भएको, २ जनाको हत्या भएको र बाँकी एक जनाको कारण खुलेको छैन।

२६ देखी ३० वर्ष उमेर समुहका १७ जना, ३१ देखी ३५ वर्षका १६ जना, २१ देखी ३५ वर्षका १२ जना रहेका छन् । ३६ देखी ४० वर्षका ७ जना, ४१ वर्ष माथिका १० जना र  २० वर्ष तलका ४ जनाले ज्यान गुमाएका छन् ।

गएको ४ वर्षमा २ सय ६३ जना नेपालीले यूएईमा ज्यान गुमाएका छन् । सडक दुर्घटनामा परेर युएईमा ज्यान गुमाउनेको सँख्या औसतमा गएको तीन वर्षमा समान छ । तर पछिल्ला ३ बर्षमा त्यसरी ज्यान गुमाउनेको सख्या भने आधाले घटेकाे छ । सडक दुर्घटनामा ज्यान गुमाउनेहरु मध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली हुन् ।

गएको चार वर्षमा विविध कारणले ज्यान गुमाउनेको संख्या घटे पनि जाडरक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या बढेको छ । त्यस्तै जाडरक्सी खाएर झै झगडा तथा हो–हल्ला गरेका कारण पक्राउ परेर जेल जीवन बिताउने नेपालीको संख्या पनि बढेको दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।

पछिल्लो पाँच वर्षको तथ्याकं अनुसार युएईमा औसतमा ज्यान गुमाउने नेपालीको संख्या घट्दै गएको छ । दूतावास एक्लैले भन्दा पनि कामदार आफैं सचेत भई खानपिनमा विशेष ध्यान दिएर काम गरे मृत्युदर न्यून गर्दै लान सकिने युएईका लागि कार्यबाहक राजदूत नेत्रबहादुर टण्डनको भनाई छ ।उज्यालो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर