Aamsanchar

नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरियो

Author Image
सोमवार, पौष १८, २०७३

काठमाडौंः

nepali-womens-team-thahakhabar_yEFzDPdEKk

नेपाल चौथो साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ।

भारतको कञ्जनजंगा रंगशालामा सोमबार भएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतसँग ३–१ गोल अन्तरले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो।

भारतका लागि खेलको ४४ औं मिनेटमा कमला देबीले गोल गर्दै सुरुवाती अग्रता दिलाइन्। पहिलो हाफमा एक सून्यको अग्रता लिएको भारतले खेलको ५८ औं मिनेटमा इन्दुमतिले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएकी थिइन्। तर खेलको ७५ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता २–१ मा झारिन्।

नेपालविरुद्ध खेलमा हाबी भएको भारतका लागि ८३ औं मिनेटमा सस्मिता मल्लिकले गोल गर्दै भारतलाई ३–१ जित दिलाइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर