धनकुटा,
धनकुटामा धुँवारहित घरको अभियानलाई तिब्र पारिएको छ । सन् २०२० सम्ममा धनकुटालाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने लक्ष्यका साथ पूर्ण सरसफाईका बिभिन्न सूचक मध्येको एक, घर भित्रको धुँवा व्यवस्थापन अभियानलाई प्राथमिकतामा राखिएको हो ।
पछिल्लो पटक जिल्लाकै सबैभन्दा ठूलो छिन्ताङ्ग गाबिसलाई घरभित्रको धुँवा प्रदुषणरहित घोषणा गरिएसँगै धनकुटामा धुँवारहित गाबिसको संख्या सात पुगेको छ । महिलाहरुको अगुवाइमा घरघरमा सुधारिएको चुलो निर्माणले पारिवारिक स्वास्थ्यमा सुधार आउनुका साथै दाउरा र समयको बचत भएको उनिहरुको भनाई छ ।
धनकुटाका सात गाबिसका ५ हजार बढी घरधुरीमा धँुवारहित सुधारिएको चुलो जडान गरि सकिएको छ । जिल्ला बिकास समिति, गाविस लगायत सरकारी निकायका साथै सल्भ नेपाल र नामसालिङ्ग सामुदायीक संस्थाले पूर्ण सरसफाइको यो अभियानमा साथ दिएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 160