Aamsanchar

गाँउ परिषदबाट पारित निति सहित बजेट सावर्जनिक

Author Image
मङ्गलवार, पौष १९, २०७३

खुदुनाबारी

unnamed
खुदुनाबारी गाँउ विकास समितिको २४ औं गाँउ परिषदबाट पारित निति सहित बजेट सावर्जनिकरण कार्यक्रममा विगत वर्ष भन्दा फरक दृश्य कार्यक्रममा सहभागि माझ देखिन्थ्यो ।

राज्य पुनसरर्चना आयोगले खुदुनाबारीलाई शनिअर्जुन नगरपालिकामा समावेश गर्ने निर्णय अघि सारेसँगै अर्को वर्षदेखि आफनो गाँउको निम्ति निति,बजेट निर्माणमा सहभागि हुन पाइला कि नपाइला भन्ने चिन्ता स्थानीय राजनैतिक दलहरुमा देखिन्थ्यो ।

आफनो नेतृत्व अर्को वर्षमा नगरपालिकामा गइसकेपछि रहला या नरहला भन्दै दुखेसो स्थानीय राजनैतिक दलहरुका प्रतिनिधिले मञ्चमा बोल्ने क्रममा पनि व्यतm गरे ।कार्यक्रमका प्रमुख अतिर्थी क्षेत्र नम्बर ४ का सासद प्रेम बहादुर गिरी समेत भावुक देखिन्थे । उनले बोल्ने क्रममा आफू क्षेत्रबासी नभई खुदुनाबारीबासी भएर आज बोल्न मन लाग्यो भन्दैे आफना धारणा सुरु गरे ।
५४ सालदेखि ५९ सालसम्म गा.वि.स.अध्यक्षमा रहेर काम गरेको संमरण सुनाए । २०३९ सालमा खुदुनाबारी गा.वि.स.निर्माण हुँदा अत्यन्तै विकट कालापानी जस्तो भन्ने अवस्था भएपनि खुदुनाबारीमा श्रृखलाबद्ध रुपमा विकास भएको गिरीले जिकिर गरे । २०४६ सालमा गाविस अध्यक्षको रुपमा शंकर नेम्बाङ सहित आफूले नेतृत्व गर्दा सर्वदलीय सहमतिमा संञ्चालन भएपछि सबै वडामा सडक पुगेको उनले बताए ।

टाङटिङ,सुखानी,राते,ठूलो नेते,सुखानी,पगला लगायतका खोलाले किसानलाई विगतमा पनि दुख दिएको गिरीले जनाउँदै आफूले स्थानीय नदिनालाहरुको तटबन्धन सहित समधान निम्ति उच्च प्राथामिकता दिएको बताए । सासद गिरीले खुदुनाबारीबासी रणनितिक बन्ने बेला भएको बताउँदै नगरपालिकामा समावेश हुने करिब पक्का भएकाले ऐतिहासिक स्थलको संम्भावनालाई नगरपालिकामा समेत संमन्वय गरेर लैजानुपर्ने बताए ।
कार्यक्रममा सामुदायिक वनको तर्फबाट हचुमासा सामुदायिक वनका अध्यक्ष राम बहादुर निरौलाले निति कार्यक्रम बजेट मिश्रित आएकाले जनताको मन छुने भन्दै प्रंशशा गरे । सामुदायिक विद्यालको तर्फबाट गणेश आधारभूत विद्यालयका प्रध्यानध्यापक राम आछामेले गाविसले प्रस्तुत गरेको ३८ वटा निति कार्यक्रममा सामुदायिक विद्यालयलाई नछुएको उल्लेख गदै खुदुनाबारीका निजी र सामुदायिक विद्यालयलाई एउटै नजरले हेर्नु नहुने बताए ।

राप्रपा खुदुनाबारीका अध्यक्ष इन्द्र बहादुर बुढाथोकीले कुना कन्दरामा बजेट पुगेको भन्दै प्रंशशा गरे । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तुलसी प्रसाद खतिवडाले खानेपानीको स्रोत सामान्य भएको उल्लेख गदै कृषकका लागि सिचाई प्रबन्धको चाँजोपाँजो मिलाउन सासद गिरीले पहल गर्नुपर्ने बताए । नेकपा एमालेका खुदुनाबारी अध्यक्ष बम बहादुर कार्कीले स्थानीय समस्याहरु सिंहदरबार सम्म पु¥याउन सासद गिरीको भूमिका उल्लेख्य रहने बताए ।

वडा नागरिक मञ्च २,९,४,६का संयोजकले २४ औं गाँउ परिषदमा आफूलाई जानकारी बिना बजेट संसोधनमा मात्र बोलाएको,कार्यक्रममा बोल्न नदिएको भन्दै गुनासो समेत गरेका थिए । खुदुनाबारी गाविसका सचिव तुलसी प्रसाद भण्डारीले आयव्य प्रस्तुत गरेका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफको क्रममा सचिव भण्डारीले समय अभावका कारण कार्यक्रममा सबैलाई समय दिन नसकेको बताए ।

कार्यक्म विभिन्न वतmाहरुले उठाएका सवालहरुमा आफनो गम्भीर ध्यान गएको सचिव भण्डारीले व्यतm गरे । कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारीका प्रतिनिधि धनपति खनाल,नेपाली काग्रेसका खुदुनाबारीका पूर्व उपसभापति जीवन भण्डारी,नेपाली काग्रेसका महाधिवेसन प्रतिनिधि पुण्य प्रसाद ओझा माओवादी केन्द्रका सहसंयोजक याम मगर,नेकपा एमालेका जिल्ला सदस्य योगेन्द्र आचार्य,राष्टिय जनमुतिm पार्टीका खुदुनाबारी अध्यक्ष झलक याम्फु राई,जिल्ला विकास समिति प्रतिनिधि लेखापरिक्षण अधिकृत डिल्लीराम ढकाल लगायतले शुभकामना मनतव्य राखेका थिए ।
कार्यक्रममा भानु आधारभूत विद्यालयका प्रध्यानध्यापक हेम बहादुर कार्की,खुदुनाबारी गाविसका पूर्व उपाध्यक्ष नर बहादुर कन्दङ्गवा,सिंहश्वेरी प्रा.वि.का प्रध्यानध्यापक अनन्त राम खतिवडा,जेष्ठ नागरिक लक्ष्मी इङनाम,जुकेखाडी सामुदायिक वनका सचिव धरणीधर खतिवडा,त्रिपुरेश्वर शिवालय मन्दिरका अध्यक्ष भोला बराल,सरस्वती प्रा.वि.का प्रध्यानध्यापक ईश्वर खवास,साधुटार पिठका प्राचार्य छन्दुराम भण्डारी,सुखानी सामुदायिक वनकी अध्यक्ष दिलमाया दास,स्वास्थ्य चौकी खुदुनाबारी इन्चार्ज मिश्रिलाल शर्मा,सिंहदेवी मा.वि.प्रध्यानध्यापक खडक तामाङ,जनता उच्च मा.वि का प्रध्यानध्यापक जय प्रकास भण्डारी,अभियान नेपालका अध्यक्ष प्रसाद गुरागाई,वडा नागरिक मञ्च संयोजक लक्ष्मी पौड्याल,वेदमाया तिम्सीना,डम्बर कुमारी अधिकारी,कृष्ण कुमारी ढुङगेल,बरिष्ठ पत्रकार दिपिन राई लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाविसका सव इनजिनियर कमल पौडयालको स्वागत रहेको थियो । संञ्चालन गाविसका सूचना प्रमुख खगेन्द्र लिङदेनले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर