Aamsanchar

‘सन् २०१६ मा पूर्वाञ्चलमा मानवअधिकार उल्लंघनका घटनामा १ हजार ३५ जना पीडित’

Author Image
मङ्गलवार, पौष १९, २०७३

धनकुटा ।
1483446021report-final-final

सन् २०१६ मा पूर्वाञ्चलमा भएका १ हजार १२ ओटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा १ हजार ३५ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको छ ।

मानवअधिकारवादी संस्था इन्सेकले तयार पारेको रिपोर्टअनुसार यस अवधिमा पूर्वाञ्चलमा ४६ जनाले ज्यान गुमाएका छन् ।

मंगलबार धनकुटामा आयोजित कार्यक्रममा राज्यपक्षबाट एक महिला र दुई पुरुष गरी तीनजना तथा गैरराज्यपक्षबाट १९ महिला र २७ पुरुष गरी ४६ जनाको हत्या भएको इन्सेकले जानकारी दिएको हो ।

त्यसैगरी, राज्यपक्षबाट १५ पुरुष र तीनजना महिला गरी १८ जना पीडित हुन पुगेका छन् भने गैरराज्यपक्षबाट भएका मानवधिकार उल्लंघनका घटनामा १ हजार १७ जना पीडित हुन पुगेका छन्, जसमा ९४५ महिला र ७२ पुरुष रहेको इन्सेकका पूर्वाञ्चल क्षेत्रीय संयोजक सोमराज थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर