Aamsanchar

अभिनेता विष्णुभक्त फुयाँलको अभिनय गर्दागर्दै निधन

Author Image
मङ्गलवार, पौष १९, २०७३

काठमाडौंः

Bishnu_Bhakta_Phuyal-586ba69ededff2.76180640

नेपाली रंगकर्मका चर्चित रंगकर्मी एवम् अभिनेता विष्णुभक्त फुयाँलको मंगलबार अभिनय गर्दागर्दै निधन भएको छ । राजधानीको राष्ट्रिय नाचघरमा नाटक अभिनय गर्दागर्दै कलाकार फुयाँल बेहोस भएका थिए ।

नाटकमा अभिनयका क्रममा बेहोस भएका फुयाँल बेहोस भएका फुयाँलको वीर अस्पताल पुर्याएपछि निधन भएको उनीसँगै अभिनय गरिरहेका शिरोमणि दवाडीले अन्नपूर्णलाई जानकारी दिए । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनको निधन भएको घोषणा गरेका हुन् ।

कलाकार फुयाँलले टेलिभिजनको हास्य सिरियल ‘तितो सत्य’ मा लामो समय अभिनय गरेका थिए । विभिन्न चलचित्र र गीतमा समेत अभिनय गरेका कलाकार फुयाँल नाट्य क्षेत्रमा समेत सक्रिय अभिनय गर्दै आएका थिए ।

मञ्चमै प्राण त्यागे विष्णुभक्तले

ब्रह्मसभा महर्षिहरु आफूलाई विद्वान सावित गर्न बलिया तर्क दिइरहेका थिए । विद्वानहरुको प्रतिस्पर्धा चलिरहेको थियो । सबैले आफ्नो विद्वता प्रस्तुत गरेपछि राजा जनकलाई अन्तिम सम्बोधनका लागि मन्त्रीले अनुरोध गरे ।

सम्बोधनका लागि जुरुक्क उठेका राजा जनकको खुट्टा कामिरहेको थियो । मन्त्रीलाई दुइ तीन पटक कोट्याए, अनि मन्त्रीकै काँधमा टाउको अड्याए । सांस्कृतिक संस्थानमा मञ्चन भइरहेको नाटक ‘महर्षि याज्ञवल्क्य’ को यो दृश्य सोमबार यस्तो थिएन ।

मंगलबार नाटकका पात्रहरु आफैँ चकित थिए, कसरी यस्तो दृश्य आयो भनेर । दर्शक यो पछिको दृश्य पर्खिरहेका थिए । राजा जनकलाई के भयो, अब के होला जस्ता जिज्ञासा मनमा आइरहेका थिए । तर अचानक मञ्चलाई पर्दाले छोप्यो । नाटक रोकिएको समाचार आयो ।

यो दृश्य नाटकको नभइ साँचो थियो । राजा जनकको भूमिकामा देखिएका कलाकार विष्णुभक्त फुयाँलले नाटकीय शैलीमा मञ्चमा अन्तिम सास लिइरहेका थिए । राजाको अन्तिम सम्बोधनमा उनले उठेर बोल्नुु पर्ने दृश्य थियो । नबोली सँगै बसेका कलाकार आरबी रिजाललाई कोट्याउँदासम्म कलाकारहरुले फुयाँलले नाटकमा ‘इम्प्रुभाइज’ गरेछन् भन्ने सोचेका कलाकारहरु उनी ढलेपछि झस्किए । तुरुन्त नाटक रोकेर अस्पताल पु¥याएको केहि बेरमै उनको निधन भयो ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर