Aamsanchar

युएईको आवुधाबीमा’मह यात्रा २०१७’आयोजना हुने

Author Image
बुधवार, पौष २०, २०७३

भरत शिवाकोटी

   [युएई]

madan kishana

नेपालका बहुचर्चित सदावहार हाँस्यकलाकार महजोडीहरिवंशआचार्य र मदनकृष्ण श्रेष्ठ को मुख्य उपस्थितिमा अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा युएईको आवुधाबी स्थितिनेशनल थिएटरमा ‘’मह यात्रा २०१७’’ आयोजना हुने भएको छ ।

आगामी शुक्रवार अर्थात ६ जनवारी २०१७ का दिन काइट इन्टरटेन्टमेन्ट समुहको प्रस्तुति तथा ग्रीन लाईन ट्राभल्सकोमुख्य प्रायोजनमा हुन गैरहेको उक्त कार्यक्रममा महजोडीको बेजोड प्रस्तुति रहने आयोजकले दाबी गरेका छन भने पछिल्लो समयमा दर्शक तथा श्रोता माझ सर्वाधिक लोकप्रिय भएका ‘’सुर्के थैली खै’’ र ‘’पुर्व पश्चिम रेल’’ बोलकागीतहरुबाट चर्चित बनेका युवा गायक तथा संगीतकार राजनराज शिवाकोटीले समेत साथ दिने बताइएको छ ।

साथमा मह यात्रालाई साथ दिन कलाकारहरु नरेन्द्र कंसाकार, मोहित आचार्य लगायतका साथमा संञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता नरेश भट्टराई समेतको विशेस प्रस्तुति रहने आयोजकले जनाएका छन।

करिब २५०० दर्शक अटाउन सक्ने क्षमता भएको कार्यक्रम स्थल सम्म आउनजानका लागिअलेन,रूइस,दुवई लगायतका विभिन्न स्थानहरुबाट यातायातको व्यवस्था गरिएको प्रायोजक ग्रीन लाईन ट्राभल्स बाट मोती राईले टेलिफोन सम्पर्कबाट युएई आमसंचार संवाददातालाई जानकारी दिनुभएको छ ।

आवुधाबी टुरिज्म बोर्ड बाट अनुमति लिएर गर्न लागिएको कार्यक्रमबाट संकलित रकम पूर्ण रुपमा सामाजिक कार्यमा प्रयोग हुने भएकाले मनोरन्जनका साथमा सामाजिक कार्यमा सहयोग गर्न एवं ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतिलाई सम्मान गर्न युएईमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी हुनका लागि राईले हार्दिक अनुरोध गर्नुभएको छ ।

६ जनवारी शुक्रबार अपरान्ह ३ बजे बाट शुरु भएर करिब ५ घण्टा सम्म चल्ने ‘’मह यात्रा २०१७’’ कार्यक्रमको तयारी लगभग सकिएको जानकारी प्राप्त भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)