एजेन्सीः

दराजले किचिएका जुम्ल्याहा भाइलाई दुई बर्षीय बालकले बचाएका छन् । सिटिटिभी फुटेजमा देखिएको भिडियो हेर्दा जो कसैको मन झस्किन्छ । भिडियोमा दुई बर्षीया कलिला बालकलाई ठूलो तराजले किचेको प्रष्ट देखिन्छ । करिब दुई मिनेट ठूलो दराजले किचिएका बालक सकुसल उठेको देख्दा सबैको मन प्रफुल्ल हुन्छ ।

अमेरिकाको यो घटना यत्तिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । जुम्ल्याहा बालकका पिता रिकी सोफले सिसिटीभी फुटेज फेसबुकमा राखेपछि भिडियो भाइरल भएको हो ।

बालकका पिताले फेसबुकमा भनेका छन्, ‘यसलाई पोस्ट गर्न चाहिरहेको थिइन । तर, सचेतनाका लागि मात्र नभएर असाधारण भएको पुष्टि गर्नु उचित ठाने। दाइभाइको आत्मीय सम्बन्धका लागि हामी अनुगृहित छौँ । तपाईं घरका फर्निचर राम्ररी सेट भएका छन् भन्ने निश्चित हुनुहोस् ।’





https://www.youtube.com/watch?v=bU2O49osvdA
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 225