Aamsanchar

पूर्वसेनापतिलाई नेपालको राजदूत बनाएर पठाउँदै भारत, चीनलाई रोक्ने ‘मिसन’

Author Image
बिहिवार, पौष २१, २०७३

काठमाडौं ।

Dalbir-Ranjit-1

भारतले नेपालमा नयाँ राजदूत पठाउने तयारी गरेको छ । नेपालका लागि हालका भारतीय राजदूत रञ्जीत रेको कार्यकाल सकिनै लाग्दा भारतले नेपालका लागि नयाँ राजदूतमा भारतीय सेनाका पूर्व प्रमुख दलबीर सिंह ‘सुहाग’लाई पठाउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सेनाका प्रमुख सिंहले भर्खरै (डिसेम्बर ३१ मा) अवकाश पाएका थिए । अब उनले राजनीतिक भूमिका निभाउन सक्ने र यसको सुरुवात राजदूतबाटै हुने बताइएको छ । भारत सरकारनिकट पत्रिका नवभारत टाइम्सका अनुसार नेपालमा बढेको चिनियाँ प्रभावलाई ‘कन्ट्रोल’ गर्न भारत सरकारले हालका राजदूत रञ्जीत रेको ठाउँमा प्रभावशाली व्यक्ति पठाउने तयारी गरेको हो ।

सिंहले चिनियाँ प्रभाव कम गर्न सक्ने आँकलनसहित उनलाई नेपाल पठाउने तयारी सरकारले गरेको समाचारमा उल्लेख गरिएको छ । इतिहासमै पहिलोपटक नेपाल र चीनबीच पहिलोपटक फेब्रअरीमा हुन लागेको संयुक्त सैन्य अभ्यासले तर्सिएर आपत्ति जनाएका भारतीयहरु नेपालमा चिनियाँ प्रभाव रोक्न र आफ्नो अस्तित्व रक्षा गर्न सक्रिय भएका हुन् । यसैक्रममा राजदूत पनि प्रभावशाली व्यक्ति पठाउने तयारी थालिएको हो ।

पूर्व भारतीय सेनाप्रमुख सिंह आर्मी चीफको हैसियतमा गत महिना (मंसिर)मा नेपाल भ्रमणमा आएका थिए । उनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गरेका थिए । म्यानमार तथा पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेसँगै सुहाग र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्बन्ध प्रगाढ रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोदी सरकारले नै उनलाई आर्मी चीफ बनाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर