Aamsanchar

पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त

Author Image
बिहिवार, पौष २१, २०७३

काठमाडौं :

cover_ymgh3u8vbc_UaQywEKReb

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले पदमुक्त गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका सिइओ ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको उर्जा मन्त्री जनार्दशन शर्मा प्रभाकरका स्वकीय सचिव बसन्त शर्मा विक्रान्तले जानकारी दिए।

सरकारले सोधेको स्पष्टिकरणको बुधबार जवाफ दिँदै प्राधिकरणका सिइओ ज्ञवालीले सामान्य प्रशासन मन्त्रालयले जनशक्ति उपलब्ध गराउन सहयोग नगरेको र अर्थ मन्त्रालयले समयमा बजेट उपलब्ध नगराउँदा भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएको जवाफ पेश गरेका थिए।

ज्ञवालीको जवाफ चित्त बुझ्दो नभएको भन्दै मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो।  सरकारले पुस १४ गते ज्ञवालीको कार्य शैलीमाथि प्रश्न उठाउँदै ७ दिन भित्र स्पष्टिकरण दिन पत्राचार गरेको थियो।

ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर