Aamsanchar

मझुवागढीका लागि बयालीस लाख बजेट

Author Image
बिहिवार, पौष २१, २०७३

खोटाङ।

Tourist

दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीको पर्यटन विकासका लागि रु ४२ लाख बजेट प्राप्त भएको छ ।

मझुवागढीको पर्यटन प्रवद्र्धनका लागि सहरी विकास मन्त्रालयबाट रु तेह्र लाख, पर्यटन मन्त्रालय नाम्चे शाखा, जल उत्पन्न प्रकोपबाट रु छ लाख तथा पुनःनिर्माण मन्त्रालय, पर्यटन मन्त्रालय र भूसंरक्षण कार्यालय दिक्तेलबाट रु पाँच÷पाँच लाख, र पुरातत्व विभागबाट रु तीन लाख बजेट प्राप्त भएको हो ।

आव २०७२÷७३ मा विभिन्न शीर्षकमा रु ५७ लाख ३० हजार रकम उपलब्ध गराएका विभिन्न मन्त्रालयले आव २०७३÷७४ का लागि पनि बजेट छुट्याएका छन् । प्राप्त बजेटले समुद्री सतहदेखि करिब दुई हजार मिटर अग्लो गढीमा पानी पु¥याउने, गढीस्थित कालिका भगवती मन्दिरमाथिको चौरमा पोखरी निर्माण, फलैँचा व्यवस्थापन, धारा, घेरबार, बगैँचा निर्माण गरिने झुवा कालिका भगवती संरक्षण विकास समितिका अध्यक्ष पदमप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार गणेश मन्दिर निर्माणका काम पूरा गर्ने, मन्दिरको उत्तरतर्फ पर्खाल लगाउने, भगवती मन्दिरको मर्मत गर्ने, गढीको स्वरुप देखिने पूर्वाधार तयार पार्ने, गुफा अगाडि ढुङ्गा छाप्नेलगायतका काम गरिनेछ । विभिन्न मन्त्रालय तथा कार्यालयबाट प्राप्त भएको बजेटबाट तोकिएको काम गर्नका लागि फरक फरक निर्माण उपभोक्ता समितिमार्फत काम भइरहेको आचार्यले बताउनुभयो ।

हलेसीमा आएका दर्शनार्थीले मझुवागढीको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूर्ण हुने जनविश्वास छ । मझुवागढी ओझेलमा परेको छ । यसको पर्यटकीय पूर्वाधारको विकास भएको छैन । मझुवागढीको विकासका लागि २०७१ सालमा मझुवा कालिका भगवती संरक्षण तथा विकास समिति गठन गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर