Aamsanchar

खेती गर्दै माझी समुदाय

Author Image
बिहिवार, पौष २१, २०७३

सोलुखुम्बु।

kirsi-660x330

मुक्ली गाविस– १ मा बसोबास गर्दै आएको माझी समुदाय माछा मार्ने परम्परागत पेसा छाडेर अहिले खेतीपातीमा सक्रिय हुन थालेको छ ।

घाट रुँगेर सर्वसाधारणलाई नदी वारपार गराउँदै तथा माछा मारेर गुजारा गर्ने माझी समुदाय अहिले अरुको बारीमा अधियामा खेती गरेर जीविका चलाउन थालेका छन् । अघिल्लो पुस्तासम्म अधिकांशले माछा मार्ने गरेका भएपनि आफूहरु खेती गर्न थालेको मुक्ली– १ का केसर माझी बताउनुहुन्छ । माछा मार्न निकै कठिन भएका कारण आफूहरुले खेती गर्न थालेको उहाँको भनाइ छ ।

यस्तै ७० वर्षीय दुम्से माझी माछा मार्नुभन्दा खेती गर्नु निकै सजिलो भएको बताउनुहुन्छ । उहाँले एक घर बराबर २५ पाथीसम्म धानको बीउ रोप्ने गरेका बताउनुभयो ।  माझी समुदायसँग कसैसँग घर छ भने कोहीसँग न्यून जग्गा मात्र छ । उत्पादनले एक महिना पनि धान्न मुस्किल पर्ने भएकापछि अधियामा खेती गर्ने गरेका छन् । मुक्ली–१ मा माझीको १३ परिवार बसोबास गर्दैआएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर