Aamsanchar

सडकमा यत्रतत्र फोहोरको डङ्गुर /लागू भएन् सरकारी नियम

Author Image
शुक्रवार, पौष २२, २०७३

[नरेन्द्र ढकाल]

बिर्तामोड, ।for

फोहोर ब्यवस्थापन गर्न कठिन भइरहेको झापाको विर्तामोड नगरपालिकालाई सरकारले सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेले सडकमा फोहोर फाल्न नपाउने नियम लागूगर्दा भालुको कान समाएको जस्तो भएको छ ।
छोडौं टोक्छ नछोडौ ंकाम गर्न कठिन छ । सरकारले पुस १ गतेदेखि सार्वजनिक यातायात प्रयोगकर्तालाई बाटोमा फोहार फाल्न नपाउने नियम लागू गर्न लागेको छ । सडकमा फोहोर फाल्न नदिने र फाले जरिवाना गर्ने नियम पुरानो भए पनि सार्वजनिक सवारीसाधनमा सवार यात्रुले सडकमा फोहोर फाल्न नपाइने नियम यो पहिलोपटक हो ।
तर मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्रको रुपमा विकास हुदै गएको विर्तामोड नगरपालिको फोहोरको समस्या भने वर्षौदेखि ज्यूँका त्यौं रहेको छ । यत्रतत्र सडक किनारमा फालिएको फोहोरको ब्यवस्थापन गर्न नसकिए रहेको नगरपालिकालाई सरकारको नियमले झनै समस्या बनाई दिएको छ । फोहोर ब्यवस्थापनका लागी नगरपालिका लागेको विर्तामोड नगरपालिकाका कर्मचारी मेघराज बाँस्तोलाले बताए । पटक–पटक फोहोरलाई जथाभावि नफ्याल्न आग्रह गरे पनि कसैले नटेरे पछि जथाभावि फोहोर फ्याल्नेलाई कारबानर्ही गर्न सुरु गर्न लागीको उनको भनाई छ ।
बाँस्तोलाले फोहोर फ्याल्नेलाई अब पक्राउ गर्ने बताए पनि फोहोरको ब्यवस्थापन गर्न भने कठिन भएको बताए । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ढुण्डीराज गिरीले भने–यो लम्पसार पाराले विर्तामोडको फोहोर ब्यवस्थापन हुदैन् । शिक्षित र सभ्य भनाउँदाहरुले सडकमा फोहोर फ्याल्ने गरेका छन् । ट्राफिक प्रहरीले सबै सवारीका चालक तथा सञ्चालकहरुलाई सरकारले लागु गरेको नियमबारे जानकारी गराएको भन्दै शुक्रबार(आज)बाट अनुगमन गर्ने बताए ।
उनले स्थानीयबासी नै जागरुक नभए सम्मे फोहोर ब्यवस्थापन नहुने बताए । गिरीले जथाभाविक फोहोर फ्याल्नेलाई पत्राउ गरेर कारबार्ही गर्नु पर्ने उल्लेख गरे । सरकारले झापा सहित देशभर चल्ने सबै सार्वजनिक यातायातका साधनमा सवारी छुट्ने बेलामा प्रस्थान विन्दुमा सवारी चालकले यात्रुलाई झ्यालबाट फोहोर नफाल्न सूचना गर्नुपर्ने नियम बनाइएको थियो । यात्रुले आफू चढ्ने सवारी साधनमा राखिने डस्टबीनमा मात्र फोहोर फाल्नुपर्ने नियम बनाए पनि उक्त नियम कागजमा नै सिमित रहेको छ ।
मुलुकभर चल्ने तीन लाखभन्दा बढी सार्वजनिक यातायातमा दैनिक लाखौं यात्रुले झ्यालबाट फोहोर फाल्दा सडक सौन्र्दय बिगारेको भन्दै सरकारले फोहोर फाल्न रोक लगाएको हो । सिहंदरवारमा बसेर निर्णय गर्दैमा कार्यान्व्यन नहुने विर्तामोडका यादव घिमिरे बताउँछन् । उनी भन्छन्–सरकारले के गर्दैन सार्वजानिक स्थानमा धुम्रपान गर्न नपाउने नियम हालसम्म लागु भएको छैन् । अब फोहोर गाडीबाट फ्याल्न नपाउने नियम लागु हुनै नसक्ने दाबी गरे ।
चिया वा खाना खाने बेलामा यात्रु ओर्लनु अघि फोहोरलाई निश्चित ठाउँमा फाल्न सूचना दिने व्यवस्था पनि मिलाउने बताए पनि झापामा त्यस्तो कुनै ब्यवस्था छैन् । सार्वजनिक सवारीहरु बस, मिनिबस, माइक्रोबस, टेम्पो लगायतमा सवार यात्रुका लागि फोहोर फाल्न डस्टबीन वा सरकारले तोकेको गुणस्तर पोलिथिन थैलोको अनिवार्य व्यवस्था गर्न लागिएको हो । तर उक्त कुराको न त लागु भएको छ तर अनुगमन गर्न नै नियमनकारी निकायले चासो देखाएको छ ।
यात्राका क्रममा पानीका बोतल, प्लाष्टिक र फास्टफुडका खोल लगायत यात्रुले खाएर उब्रिएका खाना आदि फोहोर यात्रुले सवारी साधनबाट सडकमा फाल्ने गर्दा सडकका साथै नालीसमेत थुनिने अवस्था भएको र त्यसले सहरी साथै सडकको सौन्दर्यमा समेत खलल आएको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यो अभियान सुरु गरेको हो ।
मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँगको सहकार्यमा यस्तो काम गर्ने बताए पनि काम सुरु भएको छैन । झ्यालबाट फ्याँक्ने गर्दा जताततै फोहोर हुन गएको जानकारी दिँदै यस्तो अवस्थालाई नियन्त्रण तथा व्यवस्थापन गर्न सामाजिक उत्तरदायित्वअन्तर्गत फोहोर फाल्न नपाइने नियम लागू गर्न लागिएको बताइएको छ ।
सरकारले अटेर गरी फाल्नेलाई फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐन २०६८ बमोजिम कसुर हेरी यात्रु वा सवारी चालकलाई पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म तिर्नेगरिको कारबाही गरिने बताएको छ ।
तर राष्ट्रिय यातायात ब्यवसायी महासंघका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा लोकतान्त्रीक यातायात ब्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष श्रीप्रसाद मैनालीले भने नियम लागु गर्न सबै पक्ष जागरुक हुनुपर्ने बताएका छन् । उनले आफुहरुले सबै सवारी चालकहरुलाई डस्बिन राख्न अनुरोध गरिसकेको बताए । उनले बस स्टेण्डमा नगरपालिकाले डस्बिनको ब्यवस्थान गर्नुपर्ने बताएका छन् । अहिले नै सबैले कार्यान्व्यन गरे भन्न नमिल्ने भन्दै सबैलाई सचेत गराउनु पर्ने धारणा ब्यक्त गरे ।

Views: 136

प्रतिक्रिया (०)