Aamsanchar

दमकमा यलम्बरको सालिक निर्माण

Author Image
शुक्रवार, पौष २२, २०७३

दमक।

first-Kiranti-King-of-Nepal-Yalamber-statue-in-Shanishchare-Nepal

झापाको दमक–१० मा किरातका प्रथम राजा यलम्बरको सालिक निर्माण गरिएको छ ।  यलम्बर चोकका स्थानीय बासिन्दाले करिब रु नौ लाखको लागतमा यलम्बरको पूर्णकदको पक्की सालिक स्थापना गरेका हुन् ।

यलम्बर सालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिलाल राईले ५०७७ औँ यले संवत्को अवसर पारेर आउँदो माघ १ गते सालिक अनावरण गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

विसं २०४७ सालमा यलम्बर चोक भनी नामाकरण गरिएको सो स्थानमा पाँचफिट सात इन्च अग्लो यलम्बरको पूर्णकदको सालिक निर्माण गरिएको छ ।

सालिकमा दमक नगरपालिकाको रु चार लाख ५० हजार लगानी छ भने स्थानीयवासी र विभिन्न दाताबाट रु चार लाख ५६ हजार ७६३ जुटाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर