Aamsanchar

सहारा नेपालमा निर्विरोध नेतृत्व चयन, अध्यक्षमा पुनः भरतकुमार गिरी

Author Image
शुक्रवार, पौष २२, २०७३

sahara nepal

बिर्तामोड ।
झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको देशमै स्थापित र अग्रणी गैरसरकारी संस्था सहारा नेपालको आगामी तीन वर्षे कार्यकालका लागि निर्विरोधरुपमा नेतृत्व चयन भएको छ ।
शुक्रबार सम्पन्न संस्थाको २०औं साधारणसभा तथा नवौं अधिवेशनबाट अध्यक्षमा पुनः भरतकुमार गिरी निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको उपाध्यक्षमा सोमनाथ तिम्सिना, सचिवमा महेन्द्रकुमार गिरी, सहसचिवमा लालबहादुर गिरी र कोषाध्यक्षमा श्यामकुमार प्रधान निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा कमला थपलीया, दाताराम भण्डारी, पुनम सुवेदी बोहोरा, प्रेमप्रसाद उप्रेती, फणिन्द्रराज भण्डारी र हेमराज गिरी निर्विरोध निर्वाचित भएका छन् ।
bharat giri
त्यस्तै लेखा समिति संयोजकमा कृष्णकुमार गिरी, सदस्यमा नरबहादुर गिरी र युवराज निरौला तथा अनुगमन समिति संयोजकमा बेनुराज सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
साधारणसभा तथा अधिवेशन समारोहमा निर्वाचन समितिका संयोजक दीपेन्द्र भट्टराईले सहाराको नेतृत्वलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए । निर्विरोध निर्वाचित कार्यसमितिको नाम निर्वाचन समिति सदस्य एकराज गिरीले घोषणा गरेका थिए ।
कार्यक्रममा निर्वाचन समिति सदस्य रामप्रसाद सिटौला, कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बराल, संस्थाका संरक्षकहरु डिल्लीराम सिटौला, लालराज सुवेदी र छविलाल खतिवडा, पत्रकार महासंघ झापाका अध्यक्ष भिम नेम्वाङ, सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेल, चारपाने गाविसका पूर्व अध्यक्ष प्रेमप्रकाश सिटौला लगायतले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

तस्वीर विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर