(नरेन्द्र ढकाल)
झापा।

बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्सका चलक कति सचेत हुनु्पर्छ भन्ने कुरामा सिकाई रहनु नपर्ला तर झापामा एम्बुलेन्स चालकहरु पनि मापसे सेवनको कारबार्हीमा पर्छन् भन्दा अनौठो लाग्न सक्छ तर वास्तविक यस्तै छ ।
शुक्रबार मापसे सेवान गरेर सडकको तल्लो छेउ र माथिल्लो छेउ गरिरहेको अवस्थामा संभावित दुर्घटनालाई जोगाउन आमसञ्चारकर्मीको टोलीले झापाको सीतापुरीमा मे १ च १७८५ नम्बरको एम्बुलेन्स फेला परेपछि एम्बुलेन्सलाई रोकेर ट्राफिक प्रहरीलाई खबर गरेको थियो ।
ट्राफिक प्रहरीलाई खबर गरेको केही समयमा नै उक्त एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । दमक स्थित लाइफलाईन अस्पतालबाट उक्त एम्बुलेन्सले सेवा प्रदान गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ । उक्त एम्बुलेन्स अस्पतालको भने नभएको जनाइएको छ ।
स्वास्थ्य तथा जनसरोकारको विषय जोडिएकाले मापसे गरेर एम्बुलेन्स चलाउने चालकलाई सार्वजानिक मुद्धा चलाइने ट्राफिक प्रहरी प्रमुख गिरीले बताए । उनले भने– ‘एम्बुलेन्स चालक तथा सार्वजानिक सवारीको दुरुपयोग गर्नेलाई कडा कारबार्ही हुन्छ ।’ भन्सार शुल्क छुट गराएर नेपाल भित्राइएका एम्बुलेन्सलाई केही समय अघि आपराधिक क्रियाकलापमा समेत प्रयोग गरेको पाइएपछि सरकारले कडाई गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एम्बुलेन्सले बिरामीको सट्टा लागूपदार्थ, रक्तचन्दन लगायत ओसार्नेे,मनोमानी शुल्क उठाउने, आपतकालिन अवस्थामा बिरामीलाई झनै ठग्ने, नक्कली बिरामी बोक्ने, रात्रीकालिन सेवा दिन आनाकानी गर्ने, ग्रामिणमुखी नहुन थालेपछि यसको सञ्चालनमा कडाई गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गिरीले अब एम्बुलेन्स चालकलाई समेत मापसे चेकिङको कामलाई पनि तिब्रता दिने बताए । एम्बुलेन्स चालकहरुले मापसे सेवन गरेर सवारी सञ्चालन गरिरहेको थाहा भएमा तत्काल प्रहरीलाई खबर गर्न पनि गिरीले आग्रह गरेका छन् ।
सरकारले स्वास्थ्य नीति २०७१ को कार्यान्वयनका क्रममा एम्बुलेन्सका नाममा हुने विकृति–विसङ्गति रोक्न अलग्गै निर्देशिका ल्याए पनि सो निर्देशिकालाई लत्याउादै एम्बुलेन्स सञ्चालकहरुले जिल्लामा मापदण्डविपरीत एम्बुलेन्स सञ्चालन गरेको जनगुनासो बढेको छ । एम्बुलेन्स चालकले सवारी चालक अनुमतिपत्र बिनै एम्बुलेन्स चलाएको, एम्बुलेन्स चालकको एम्बुलेन्स कुदाउने योग्यता नपुगेको, कतिपय एम्बुलेन्सको साइरन नबज्ने, एम्बुलेन्सका चालकले एम्बुलेन्स कुदाउादा धुमपान गर्ने गरेको, एम्बुलेन्समा चुरोट भेटिएका,एम्बुलेन्सको ब्याक लाइट नबलेको, एम्बुलेन्स नवीकरण नगरेको, टायर रिसोलिङ गरेर चलाएको जस्ता विकृति पाइएका छन् ।

एम्बुलेन्स निर्देशिका र मापदण्ड विपरित सञ्चालनमा रहेको भेटिएको मात्र होइन, एम्बुलेन्स चालकहरूले व्यक्तिगत लाभका लागि बिरामीलाई आफू अनुकूलका खासगरी भारत तथा बिराटनगरका निजी अस्पताल र्पुयाउने गरेको र त्यसवापत कमिसन लिने गरेको गुनासाहरु पनि आएका छन् । एम्बुलेन्स सञ्चालक र चालकहरूले मापदण्डको पालना गरे–नगरेको निरीक्षण र अनुगमन नगर्दा समस्या बल्झिएको सरोकारवालाहरुको भनाई छ ।
आर्थिक विधेयक अनुसार एम्बुलेन्स, शवहान, अस्पतालका साना गाडी भित्राउँदा एक प्रतिशत भन्सार महशुल मात्रै तिरे पुग्छ । अन्य सवारी साधनका हकमा करिव दुई सय प्रतिशत भन्सार महशुल तिर्नु पर्ने हुन्छ । सरकारले भन्सार महशुल भारी मात्रामा छुट दिएपछि जुनसुकै संस्थाहरुले पनि एम्बुलेन्स भित्राउने र बिरामी बोक्न छोडी आपराधिक क्रियाकलापमा प्रयोग गर्न थालेको केही समय अघिका विभिन्न आपराधिक घटनामा प्रयोग भएको कुराले पुष्टि गर्छ ।
एम्बुलेन्स सेवा सञ्चालन नीति अनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । सोही समितिको सिफारिसमा स्वास्थ्य मन्त्रालयलये भन्सार महशुल शुल्क छुट गराउन अर्थमन्त्रालयलाई सिफारिस गर्छ । दुरुपयोग वा तस्करी भएमा एम्बुलेन्सको दर्ता खारेज गर्दै सञ्चालनमा रोक लगाउने नियम पनि निर्देशिकाले तोक्ने छ । निर्देशिका अनुसार स्थानीय समिति, जिल्ला जनसंस्वास्थ्य कार्यालय, मन्त्रालय र ट्राफिक प्रहरीलाई अनुगमन गर्ने र कारवाही गर्ने पूर्ण अधिकार दिने, भाडादर नियन्त्रण गर्ने, विकट क्षेत्रमा पनि सञ्चालनका लागि प्रोत्साहन गर्ने जस्ता कामको जिम्मेवारी दिइएको छ ।
तर झापामा त्यसको खासै अनुगमन भएको पाइन्न । त्यसैले पछिल्लो समय एम्बुलेन्सहरुले अस्पताल रुग्ने काम गरिरहेको स्थानीयको भनाई छ ।

