Aamsanchar

प्रजातन्त्र सेनानी संघको सभापतिमा तमर

Author Image
शनिवार, पौष २३, २०७३

विर्तामोड ।

nc nepali congros

प्रजातन्त्र सेनानी संघ झापाको दोस्रो जिल्ला अधिवेशनबाट सभापतिमा तमर राई सर्वसम्मत चयन हुनु भएको छ ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय विर्तामोडमा शुक्रवार सम्पन्न अधिवेशनले उपसभापतिमा डिल्लीप्रसाद सेढाई, सचिवमा पुस्कल भट्टराई, सहसचिवमा चेतनाथ दाहाल, कोषाध्यक्षमा उखारुलाल गणेश र प्रवक्तामा धनपति उप्रेतीलाई सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक कृष्ण हुमागाँईले जानकारी दिनुभयो ।
समितिको सदस्यहरुमा नारायण शेर्मा, कृष्ण सिटौला, मोहन पुरी, लालबहादुर विश्वकर्मा, सुरेश बास्के(सन्थाल) शंकरविक्रम नेम्वाङ, रत्नबहादुर चेम्जोङ, सोमप्रसाद पाठक, हरिप्रसाद खतिवडा, नरराज थेवे, रामभक्त कार्की, खडानन्द घिमिरे, कर्णबहादुर दाहाल, मोहनलाल प्रसाई, कांग्रेस गिरी, टंक बजगाँई र लोकबहादुर लिम्बू चयन भएको बताइएको छ ।
त्यसैगरी महाधिवेशन प्रतिनिधिमा क्षेत्र नम्बर–१ बाट यामप्रसाद भण्डारी, कृष्णकुमारी उप्रेती, भगिरथ घिमिरे, क्षेत्र नम्बर–२ बाट लयप्रसाद शिवाकोटी, उद्धिमप्रसाद उप्रेती र चैतन्य पाठक, क्षेत्र नम्बर–३ बाट खड्कप्रसाद शिवाकोटी, फूर्वाछिरिङ थिङ, गुरुप्रसाद विमली, क्षेत्र नम्बर–४ बाट, कृष्णप्रसाद मिश्र, खगेश्वर उप्रेती, टिकाप्रसाद प्रसाई, क्षेत्र नम्बर–५ बाट देवकुमार राई, गोपालप्रसाद प्रसाई, अफाउद्धिन मियाँ, क्षेत्र नम्बर–६ बाट डिल्लीप्रसाद सेढाई, मेघराज चम्लागाई, बीरबहादुर प्रसाई र क्षेत्र नम्बर–७ बाट डिल्लीप्रसाद शिवाकोटी, ऋषीकेश सुवेदी र डिल्ली योङयालाई छनौट गरेको छ ।
त्यस्तै शुक्रवारै पूर्व सांसद डिल्लीप्रसाद सिटौलाको संयोजकत्व ११ सदस्यीय प्रजातान्त्रिक सेनानी सल्लाहकार समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा गिरीराजकुमारी प्रसाई, पूर्णानन्द शर्मा, अम्बिकाप्रसाद रिजाल, जितबहादुर पुरी, गोपालकुमार बस्नेत, प्रेम राई, केदारमणि ढकाल, दिब्या प्रसाई, परमेश न्यौपाने र गोपाल हस्दा सन्थाल रहेको निर्वाचन संयोजक हुमागाँईले जानकारी दिनुभयो ।
नवनिर्वाचित समितिलाई प्रमुख अतिथि नरेन्द्रविक्रम नेम्वाङ, प्रजातान्त्रिक सेनानी संघ केन्द्रीय सभापति टंक कँडेल, केन्द्रीय प्रवक्ता बालकृष्ण दाहाल, विरबल विराजी, मुक्ति कडरिया, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा लगायत शुभकामना दिनु भएको थियो ।
निवर्तमान कार्यबाहक सभापति खड्क शिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेम सम्बाहाम्फेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)