Aamsanchar

युएईमा ‘’महायात्रा २०१७’’ सम्पन्न

Author Image
शनिवार, पौष २३, २०७३

भरत शिवाकोटी

   [युएई]

madan kishana

अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा काइट इन्टरटेन्टमेन्ट समुहको प्रस्तुति तथा युएईको लोकप्रिय ट्राभल्स ग्रीन लाईन ट्राभल्सको मुख्य प्रायोजन एवं अन्य एक दर्जन भन्दा बढी प्रायोजकहरुले प्रायोजन गरेको मनोरन्जनात्मक कार्यक्रम ‘’महायात्रा २०१७’’ जनवारी ६ का दिन सम्पन्न भएको छ ।

नेपाल र नेपालीका मन-मनमा बस्न सफल सर्वाधिक सदावहार लोकप्रिय हाँस्यकलाकार ‘’मह’’ अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य प्रस्तुति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा युएईका लागि कार्यवाहक नेपाली राजदुत नेत्र बा. टन्डन को प्रमुख आतिथ्यता रहेको थियो भने ग्रीन लाईन ट्राभल्सका संचालक बालकृष्ण खडका, सुर्य गिरी, ठाकुर प्र. ढुंगाना लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र युएईको टाढा-टाढा बाट कार्यक्रम हेर्न आएका नेपाली तथा अन्य दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपालबाट आमन्त्रित कलाकारहरुमा महजोडी द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नेपालको रास्ट्रिय ध्वजावाहक विमान नेपाल वायुसेवा निगमका सिनियर क्याप्टेन विजय लामा, पछिल्लो समयमा दर्शक तथा श्रोता माझ लोकप्रिय युवा गायक,गीतकार तथा संगीतकार राजनराज शिवाकोटी,नेपाल रास्ट्रिय फुटबल टिमका खेलाडी अनन्त तामाङ र विशाल राई,कलाकारहरु यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, मोहित आचार्य, नरेश भटटराई, पूर्णीमा लामा लगायत स्थानीय कलाकारहरुको समेत उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको उदघाटन महामहिम राजदुत टन्डनले संयुक्त रुपमा दिप प्रज्वलन गरेर गरेका थिए भने साथमा नेपाली रास्ट्रिय गीत बजाइएको थियो ।unnamed (1)

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी नेत्र बा. टन्डनले ख्याति प्राप्त कलाकारहरुलाई युएईमा बोलाएर कला क्षेत्रको सम्मान र कलाकारहरुलाई प्रोत्साहन गरेको धारणा राखेका थिए । ग्रीन लाईन ट्राभल्सका संचालक ठाकुर प्र. ढुंगानाले कार्यक्रमबाट संकलित रकम सामाजिक कार्यमा खर्च गरिने जानकारी दिएका थिए भने काइट इन्टरटेन्टमेन्ट समुहका अध्यक्ष विकास अधिकारीले कार्यक्रमको मुख्य उदेश्य मनोरन्जन दिनु रहेको प्रस्ट पार्दै सहयोगी सबै प्रति धन्यवाद व्यक्त गरेका थिए ।

दोस्रो चरणको कार्यक्रम शुरु हुनासाथ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले देशप्रती चिन्ता व्यक्त गर्दै देशले देश बनाउने नेता नपाएकोमा नेताहरु प्रती व्यंग्य रहेको ‘’ईश्वर तिमीले जगत बनायौ’’ बोलको प्राथना गीतमा दर्शकहरुद्वारा ऐक्यबद्दता व्यक्त गर्दा हल नै गुन्जयमान भएको थियो भने महजोडीले विशेस प्रहसन नेवार वहादुर र बाहुन बहादुर भएर नरेन्द्र कंसाकार र हरिवंश आचार्य पुत्र मोहित आचार्यको साथमा प्रस्तुत गरेका थिए ।

फोटो तथा भिडियो खिच्न प्रतिबन्ध लगाइएको प्रहसनको बिसयवस्तु वर्तमान जात र धर्म तथा प्रदेश विभाजन प्रति लक्षित निक्कै चोटिलो रहेको थियो । हरिवंश आचार्य नेवार वहादुर भएर अनि मदनकृष्ण श्रेष्ठ बाहुन वहादुर भएर जातको विषय वस्तुमा आधारित प्रहसन गर्दा दर्शकहरु पेट मिचिमिची मात्र हाँसेनन ताली र हाँसो उत्तिकै व्यक्त भयो । प्रहसनको शुरुदेखि मध्ये भागसम्म नेवार र बाहुनमा विवादित प्रस्तुती अन्तत: अम्पायर रहेका नरेन्द्र कंसाकार र टयाम्पायर रहेका मोहित आचार्यले आपसी सदभाव र भाइचारामा मात्र परिणत गराएनन नेवार वहादुर र बाहुन वहादुरलाई एकअर्काको सँजाय साटासाट गरेर भोग्ने र एकको दु:खमा अर्कोले साथ दिने असल बुझाइ र समझदारी समेत कायम गराए ।

जात र धर्म अनि भौगोलिक क्षेत्रीयताको नाराले देशको कहिल्यै भलो नगर्ने, नेपाल देश अखण्ड रहनुपर्ने र यो नै हरेक तह र तप्काका नेपालीको कर्तव्य बन्नुपर्ने सन्देश प्रहसनको रहेको थियो भने अन्त्यमा नेवार र बाहुनले गला मिलाएर ‘’हिमाल पहाड तराई कोहि छैन पराई’’ भनेर भुँइमा गोडा खुम्च्याएर शिर झुकाउँदा सम्पूर्ण दर्शकले आ-आफ्नो स्थानबाट उठेर हार्दिकता पुर्वक सम्मान र सलाम अभिव्यक्त गरेका थिए ।unnamed

लोकप्रिय युवा गायक,गीतकार तथा संगीतकार राजनराज शिवाकोटी ले गाएका ‘’सुर्के थैली खोई’’ तथा ‘’पुर्व पश्चिम रेल’’ बोलको गीतमा उपस्थित दर्शकहरु आ-आफ्नो ठाँउमा मात्र नाचेनन स्टेजमै समेत नाच्न पुगे भने अर्का गायक यमन श्रेष्ठले प्रस्तुत गरेका हाँस्य तथा व्यंग्यपूर्ण गीतहरुमा पनि दर्शकहरुले उत्तिक्कै मनोरन्जन लिएका थिए । अर्की कलाकार पूर्णीमा लामाले प्रस्तुत गरेका नृत्यले दर्शकलाई उत्तिक्कै नचायो भने रुन्चे गायक भनेर चिनिने गायक प्रकाश पौडेलले प्रस्तुत गरेका ‘’आमा मलाई त्यहि केटी चाहिन्छ’’ बोलको गीत तथा अन्य गीतहरुमा पनि दर्शकरु मनग्गे झुमेका थिए ।

निर्धारित समय भन्दा दुई घण्टा ढिलो गरि शुरु भएको औपचारिक कार्यक्रम पुर्व स्थानीय कलाकारहरुले गीत,नृत्य तथा विभिन्न रचनाहरु प्रस्तुत गरेका थिए । काइट इन्टरटेन्टमेन्टका अध्यक्ष विकास अधिकारीको सभापतित्वमा भएको कार्यक्रम अन्तर्गतको पहिलो चरणको कार्यक्रम पवित्रा तमुले संचालन गरेकी थिइन भने दोस्रो चरणको कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार नरेश भट्टराईले संचालन गरेका थिए । कार्यक्रममा केहि कमीकमजोरी भएपनि समग्रमा ‘’महायात्रा २०१७’’  सफल भएको मुख्य प्रायोजक ग्रीन लाईन ट्राभल्सका संचालक सुर्य गिरीले प्रतिक्रिया दिएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर