Aamsanchar

सिन्धुलीमा प्राचिन तथा ऐतिहासिक देवीस्थान ओझेलमा

Author Image
शनिवार, पौष २३, २०७३

सिन्धुली।
1483771000puranu-devisthan

सिन्धुलीका ऐतिहासिक तथा पुरातात्विक पार्टी पौवा र मठ मन्दिरको अस्तित्व संकटमा पर्न थालेको छ ।

स्थानीयको सक्रियताको अभावमा ऐतिहासिक पार्टी पौवा र मठमन्दिरको संरक्षण हुन नसक्दा अस्तित्व नै संकटमा पर्न थालेको हो ।

मझुवा गाविसको मझुवा चौरस्थित प्राचिन तथा ऐतिहासिक देवीस्थानको संरक्षण र सम्बद्र्धन हुन नसक्दा अस्तित्व खतरामा परेको स्थानीयले बताएका छन् ।

उनीहरुले ऐतिहासिक स्थलको संरक्षण गर्न सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । आपदविपद् र अनिकाल पर्दा शुद्ध र पवित्र भै देवीस्थानको पूजा अर्चना गरे मनोकांक्षा पुरा हुने जनविश्वास रही आएको छ ।

करिव १ हजार ३० वर्ष पहिले स्थापना भएको मझुवा देवीस्थान ऐतिहासिक सिन्धुलीगढीसँग समेत सम्बन्धित मानिए पनि सरकारी निकायबाट उचित रुपमा संरक्षण र प्रचार प्रसार हुन नसक्दा भग्नावशेषमा परिणत हुँदै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर