Aamsanchar

एमालेले संविधान च्यात्न खोजेको महसुस हुँदैछः भट्टराई

Author Image
शनिवार, पौष २३, २०७३

उदयपुर :

Baburam-Bhattarai

नयाँ शक्ति नेपालका संयोजनक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधनमा भैरहेको अवरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा एमाललेलाई सुझाव दिएका छन्।

प्रेस सोसाइटी नेपाल उदयपुरले शनिबार गाईघाटमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेले संविधान संशोधनको बाधक बन्नुको तुक नरहेको बताए।

‘संविधान संशोधन अहिले अपरिहार्य छ। एमालेका साथीहरुले संशोधन गर्नु हुँदैन भन्दै सडकमा नाराबाजी गर्नुको औचित्य छैन’, भट्टराईले भने, ‘मैले पछिल्लो समयमा एमालेले देखाएको गतिविधिले संविधान च्यात्ने प्रयास गरेको महसुस गरेको छु। संविधान च्यात्ने प्रयत्न गर्नु हुँदैन।’

संविधान ढुंगामा नलेखिएको भन्दै भट्टराईले जनताले चाहेको बेला संशोधन गर्नुपर्ने बताए। असन्तुष्ट दलहरुको जायज माग सम्बोधन गरी नयाँ पुनर्संरचनामा नेपालको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गरी नयाँ संविधान लागू गर्नुको विकल्प नरहेको भट्टराईको भनाई छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर